सप्तरी । आम जनता पार्टी (आजपा) ले मधेश प्रदेशको सप्तरी सदरमुकाम राजविराजबाट शनिबारदेखी “भ्रष्टाचार बिरुद्धको मधेश यात्रा” अभियान सुरु गरेको छ । स्थानीय शिवमन्दिर प्राङ्गणमा खबरदारी सभाको आयोजना गरि आजपाले सो अभियान सुरु गरेको हो ।
सो अवसरमा आजपा अध्यक्ष प्रभु साहले सरकार कुम्भकरण जस्तै सुतिरहेकाले आमजनताको समस्या ’bout जानकारी र खबरदारी गर्न विशेष अििभयान स्वरुप मधेशमा “भ्रष्टाचार बिरुद्धको मधेश यात्रा” अभियान थालिएको बताए ।
शनिबार नै संघीय राजधानी काठमााडौंमा सरकारको मनपरी कर आंतकबिरुद्ध पार्टीद्वारा प्रदर्शन भइरहेको उनले जानकारी दिए ।
“मुलुकमा भ्रष्टाचार, कुशासन, मंहगी, अनियमितता बढ्दे गइरहेको छ, उनले भने, यही बेला सोझासाझा जनतामाथी अनावश्यक र थेग्ने नै नसक्ने गरि कर माथी कर थुपार्दै सरकारले राज्यको ढुकुटी लुटिरहेको छ ।”
आजपाले भ्रष्टाचार, अनियमितता, कुशासन, मनपरी कर, मंहगी, बेरोजगारी, बैदेशिक रोजगारी ठगी, भन्सारमा मनोमानी कर लगायतको विषयमा खबरदारी गर्न सो अभियान थालेको उनको भनाई छ ।
मन्तव्यका क्रममा उनले छिमेकी राष्ट्रमा पाइने सामान भन्दा चार गुणा मंहगो सामान नेपाली जनताले किन्नु परिरहेको बताउँदै अत्याधिक करको अनुपातमा विकास चाही नगन्य भएको टिप्पणी गरे । जनतामाथी करको भार लादेर मंहगी चरम रुपमा बढेको, नेताहरु मोटाउँदै गएको र देश कंगाल अवस्थामा पुग्न लागेको उनले बताए ।
सबैभन्दा बढी राजश्व बुझाउने मधेश प्रदेशलाई केन्द्रबाट दिइने बजेट पनि अति न्युन मात्रामा दिएर विभेद गरिएको उनको भनाई थियो । भ्रष्टाचार बिरुद्धका कार्यक्रम लिएर जनता समक्ष जाँदा पनि आफूलाई चेकजाचको बहानामा सिरहाको लहानमा प्रहरीले घण्टौं रोकेर अनावश्यक दुःख दिएको समेत उनले गुनासो पोखे ।
कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, केन्द्रिय नेता सुनिता साह, दिलिप साह, मो. इस्लाम लगायतले पनि देशको वर्तमान अवस्थामा र आजपाको अभियान ’bout बोलेका थिए ।
सप्तरीको राजविराजबाट सुरु भएको भ्रष्टाचार बिरुद्धको मधेश यात्रा विशेष गरि हुलाकी राजमार्गबाट सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा हुँदै पर्साको बिरगंजमा पुगेर समापन हुने सो अवसरमा वरिष्ठ उपाध्यक्ष साहले जानकारी दिए ।
पाँच दिनसम्म चल्ने अभियानका क्रममा विभिन्न स्थानमा भेला, बैठक, खबरदारी सभा र अन्तरक्रिया लगायतका कार्यक्रम गरिने सो पार्टीले जनाएको छ ।