काठमाडौँ । काठमाडौंको दरबारमार्गका बन्ने अन्नपूर्ण स्क्वायर होटलको शिलान्यास गरिएको छ । व्यवसायी मीनबहादुर गुरुङले सोमबार उक्त होटलको शिलान्यास गरेका हुन् ।
शिलान्यासमा कांग्रेस नेता एवं व्यवसायी उमेश श्रेष्ठ, राष्ट्रिय वाणिज्य बैंकका पूर्वसीईओ किरणकुमार श्रेष्ठलगायत सहभागी थिए ।
भाटभटेनी समुह र लिटिल एन्जल्स समुहले करिब ६ महिना अघि किनेको अन्नपूर्ण होटलमा नै नयाँ होटल निर्माण गर्न लागेका हुन् । यस होटलको लागत करिब ६ अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ । २०८५ देखि बैशाख १ गतेदेखि होटल सञ्चालनमा आउने बताइएको छ ।
होटल संचलानका लागि डेढ महिना अघि नै भारतीय होटल व्यवस्थापन कम्पनी आइटीसी वेलकमसँग सम्झौता भइसकेको छ ।
होटलमा ३५० कोठा र ४० कोठा अपार्टमेन्टसहित होटल परिसरमा रहने बिजनेस कम्प्लेक्समा भाटभटेनीदेखि विभिन्न ब्रान्डेड शपिङ मल रहनेछन् ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
कोरलामा खानेपानी र शौचालयको अभाव
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालन
आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द
६ घण्टा लोडसेडिङका बेला पनि २० घण्टाको बिलिङ
बहुवर्षीय आयोजनाका लागि नयाँ मापदण्ड तय
पर्यटकको आर्षकण बन्दै भोजपुरको मुन्दुम पदमार्ग
राष्ट्रिय परिचयपत्र वितरण विवाद: सर्वोच्चको अन्तरिम आदेशविरुद्ध भ्याकेट निवेदन दर्ता
अधिक तरलताको मारमा बैंक, व्यवस्थापनमा सकस
प्रधानमन्त्री ओलीको चीन भ्रमण तयारी तीव्र, भारत कहिले ?
नेपालले बंगलादेशलाई आजदेखि विद्युत बिक्री गर्दै
किमाथाङ्का भन्सार कार्यालय सहयोगीको भरमा
नेपालको कारागारमा १ हजार ४ सय विदेशी कैदीबन्दी