कमेडी क्लब च्याम्पियन अब कमेडी नाईट वीथ च्याम्पियन

काठमाडौं । यस अघि नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको कमेडी शो ‘कमेडी क्लब विथ च्याम्पियन’को नाम परिवर्तन गरिएको छ । अब यो कार्यक्रमको नाम ‘कमेडी नाइट विथ च्याम्पियन’ राखिएको छ । ‘कमेडी क्लब विथ च्याम्पियन’मा यस अघि कलाकार र निर्देशक परिवर्तन गरेर निर्माण पक्षले प्रदर्शनलाई अघि बढाएको थियो । सोही कारण यसको नाम परिवर्तन गरेर पुरानो टिमले ‘कमेडी नाइट विथ च्याम्पियन’को रुपमा तयार गरेका छ ।

काठमाडौंमा सोमबार बेलुका पत्रकार भेटघाट आयोजना गर्दै यो कार्यक्रमको औपचारिक घोषणा गरिएको छ । अब यो कार्यक्रम हिमालय टेलिभिजनबाट प्रशारण हुने यसका निर्देशक विशाल भण्डारीले पत्रकार भेटघाटका क्रममा बताए । यसलाई युट्युबमा भने ओएसआर रियालिटी च्यानलबाट प्रशारण गरिने भएको छ ।

पत्रकार भेटघाटका क्रममा कमेडी नाईट वीथ च्याम्पियनको एउटा शो पनि प्रदर्शन गरियो । करिब डेढ घन्टाको यो सृँखला पहिलाको शो भन्दा अझ भव्य र गुणस्तरीय बनेको देखियो । यसलाई अब थ्री प्र्रोडक्सनले निर्माण गर्ने पनि कार्यक्रममा निर्देशक भण्डारीले बताए । आफु सहित सगुन पाण्डे र हिरण बस्नेतले शो निर्माण गर्दै गरेको पनि भण्डारीले बताए ।

सोही समारोहमा यो कार्यक्रमका कलाकारको सूची पनि सार्वजनिक गरिएको छ । अब कम्तिमा पनि ५२ भाग निर्माण हुने यो सृँखलामा अध्यक्षको रुपमा दीपाश्री निरौला नै रहने छिन् । जसमा सुमन कार्की, मेक्सम गौडेल, प्रभात लामा, भरतमणि पौडेल, कैलाश कार्की, सन्तोष थापा, पवन भट्टराई, सजन श्रेष्ठ र सुमन कोइरालाले दर्शकलाई हँसाउनेछन् ।

कार्यक्रममा कलाकारहरुलाई परिचय गराउँदै उनले यसपटकबाट यो कार्यक्रम डेढ घण्टाको निर्माण हुने बताएका छन् । बिगतमा सानो सेटका कारण त्यति भव्य प्रस्तुति दिन नसकेको र यसपटक यसपटक भव्य सेटमा यो कार्यक्रम निर्माण गरिएको पनि निर्देशक भण्डारीले बताए,‘हामीले यसपटक कमेडी नाइट विथ च्याम्पियनलाई अन्तराष्ट्रिय गुणस्तरमा हामीले प्रस्तुत गर्नेछौं ।’ विशालले भने,‘हाम्रो कार्यक्रमको फम्र्याट पहिलाकै जस्तो हुने भए पनि केही नयाँ प्रस्तुति पनि अबको कार्यक्रममा रहने छ ।’

भण्डारीका अनुसार शोको लेखकको रुपमा सन्तोष खनाल, सन्देश देवकोटा, रजनीश अर्याल रहेका छन् । बिगतमा यसलाई बिक्की अग्रवालले निर्देशन गरेको भए पनि बिक्की अहिले कमेडी दरवारको निर्देशनमा व्यस्त रहेकाले यसलाई आफैंले निर्देशन गर्न लागेको पनि उनले बताए ।

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले बिगतमा जस्तै आफु यसपटक पनि यो कार्यक्रममा अध्यक्षमा अनुबन्धित भएको बताएकी छिन्, ‘कमेडी क्लब विथ च्याम्पियनले जस्तै कमेडी नाइट विथ च्याम्पियनले पनि दर्शकलाई पूर्ण मनोरञ्जन दिनेछ । बिगतको भन्दा यसपटकक हाम्रा कलाकारहरुको प्रस्तुति अझ राम्रो हुने विश्वास दिलाउँछु ।’ उनले भनिन् । यो कार्यक्रम बिकाउनुभन्दा पनि टिकाउनु आफुहरुको मुख्य उदेश्य रहेको पनि उनले बताईन् ।

हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलले पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यसपटकको यो कमेडी कार्यक्रमलाई अझ भव्य बनाउन टिभीका तर्फबाट आफुहरुले ठुलो सहयोग गरेको बताएका छन् । अन्तर्राष्ट्रिय प्लाटफर्ममा समेत प्रसारण गर्नेगरी यो कार्यक्रम बनाईएको पनि कँडेलले दाबी गरे ।

तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्बिरोध

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जित सुनिश्चित भएपछि बालेनले भने : हाम्रो अभियानको वास्तविक परीक्षा अब सुरु हुनेछ