प्रा.डा. गोपीन्द्रले ल्याए ‘यात्राको धुन’

काठमाडौं । समालोचक प्रा.डा. गोपीन्द्र पौडेलले आफ्नो नयाँ नियात्रासंग्रह ‘यात्राको धुन’ पाठकमाझ ल्याएका छन् । उनको यो सँग्रहको काठमाडौँको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा एक समारोहबीच लोकार्पण गरिएको छ ।

भुँडीपुराण पब्लिकेशनले प्रकाशन गरेको यो नियात्रासंग्रहलाई अग्रज आख्यानकार तथा नियात्रा लेखक हरिहर खनालले लोकार्पण गरेका हुन् । प्रगतिशील लेखक संघ नेपालको आयोजनामा भएको उक्त समारोहमा खनालले यो नियात्रा सँग्रह पढेपछि आफुले धेरै देश घुमेको महसुुर गरेको बताए ।

समारोहमा लेखक गोपीन्द्र पौडेलले उठेका जिज्ञासा मेटाउँदै सर्जक पाठकका अनुभूतिसँग खेल्न सक्नुपर्छ भने । आफूले यस कृतिमा त्यही प्रयास गरेको उनले बताए ।

यस्तै समालोचक विष्णु ज्ञवालीले अमेरिका, भारत र युरोपका विभिन्न १० देशमा घुमेर लेखक पौडेलले लेखेको नियात्राहरु रोचक रहेको जिकिर गर्दै भने,‘यात्राको धुनले आफू विदेश नगए पनि विदेश भ्रमण गरेको जस्तो मलाई लाग्यो । समालोचक पौडेल नियात्राकार बनेर आउनुभएको छ, यो कृतिमा मैले विविधता देखें ।’ उनले अगाडि भने, विदेश भ्रमणसँगै बेलाबेलामा उहाँले यात्रामा नेपालको प्यूठान तथा अन्य ठाउँको पनि चर्चा गर्नु भएको छ । जुन रोचक छ ।’

अर्का समीक्षक नन्दु उप्रेतीले लेखकको पुस्तकमा स्मृति पीडा, स्मृति खुशी, स्मृति चञ्चलता र स्मृतिबाट पाउने आनन्द सबै कुराहरु आफुले पाएको बताए । उनले पनि पौडेलको स्थानको चर्चा सैली निकै रमाईलो भएको बताए,‘लेखक पौडेलले पुस्तक पढ्दा लेखकले उखानलाई मज्जाले जोड दिएको पनि मैले पाएँ । उहाँको लेखन कलाले यो पुस्तक अध्ययनका क्रममा गाउँ गएको, साथीभाई परिवारसँग कुरा गरेको जस्तो अनुभूति दिलाएको छ ।’

नियात्राकार जय छाङ्छा राईले मूर्तमात्रै नभई अमूर्त चिजको पनि यात्रा हुने सन्दर्भ जोड्दै नियात्राको ढुकुटीमा एउटा राम्रो कृति थपिएकोमा खुशी व्यक्त गर्दै भने, ‘नियात्रालाई कल्पनाशिलताले दह्रो बनाउँछ, विदेशका ठाउँठाउँमा बनेका सुरुङमार्गलाई नेपालका खेतबारीमा कुद्ने मुसाको दुलोसँग कल्पना गर्दै जोडेर उहाँले सुन्दर रुपमा प्रस्तुत गर्नुभएको छ, ठाउँठाउँमा कल्पना पनि भर्नुभएको छ ।’

यस्तै त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका प्रमुख प्राडा कृष्णप्रसाद न्यौपानेले नेपाली साहित्यव भण्डारमा नियात्राको नयाँ कृति थपेकोमा लेखक गोपीन्द्र पौडेललाई धन्यवाद दिए । कार्यक्रममा बोल्दै नेपाल प्रज्ञप्रतिष्ठानका सदस्यसचिव धनप्रसाद सुवेदीले लेखक पौडेलले आफुलाई नियात्रामा पनि त्यत्तिकै ससक्त रुपमा उभ्याएका छन भने ।

प्रगतिवादी साहित्यकार एवं संस्कृति चिन्तक ईश्वरचन्द्र ज्ञवालीले समालोचक पौडेलका कृति, समालोचना, सिर्जना हेर्दा यो पुस्तकका सृजना राम्रो पाएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘चिनियाँ कार्ड’ अभिव्यक्तिवारे प्रचण्डले दिए ओलीलाई प्रष्टिकरण

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जो १ मतले विजयी भए…