देशसँगको कुटनीतिक सम्बन्ध कमजोर र ध्वस्त हुदै: प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण देशको लागि हो कि तीर्थयात्रा मात्रै हो ? भन्दै प्रश्न गरेका छन् ।

आजपा केन्द्रीय कार्यालय कोटेश्वरमा आजबाट सुरू भएको पार्टीको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले प्रधानमन्त्री ओलीको चीन भ्रमण’bout सिंगो देश र जनतालाई जानकारी गराउनुपर्नेमा त्यसो नगरिएको भन्दै प्रश्न उठाएका हुन् ।

आजपा अध्यक्ष साहले वर्तमान सरकारका कारण अहिले विश्वसामू नै नेपालको इमेज खस्किँदै गएको टिप्पणी गरे । अहिले नेपालको विभिन्न देशसँगको कुटनीतिक सम्बन्ध कमजोर हुँदैछ र ध्वस्त हुदै गईरहेको उनले बताए । ओली सरकारको व्यक्तिगत र निहीत स्वार्थ एवं सोचका कारण यस्तो अवस्था आएको उनले बताए ।

‘आज विश्वसामू नेपालको इमेज खस्किँदै गईरहेको छ । यो सरकारको व्यक्तिवादी र निहीत स्वार्थ अनि सोचको कारण यस्तो अवस्था भएको हो । छिमेकीहरुसँगको हाम्रो सम्बन्ध पनि धराशयी हुँदैछ’, आजपा अध्यक्ष साहले भने, ‘हामी सुन्दैछौं प्रधानमन्त्री चीन जाँदै हुनुहुन्छ । यो भ्रमणको लागि भ्रमण हो कि तीर्थयात्रा हो ? देशको लागि भ्रमण हो कि व्यक्तिगत भ्रमण हो ? चीन भ्रमण’bout जनतालाई थाहा दिनुपर्ने हो, तर आज हामी अन्यौलमा छौं । प्रधानमन्त्रीको भ्रमण एउटा व्यक्तिगत भ्रमण हुने, निहित स्वार्थमा हुने कि देश र जनताको लागि भ्रमण हुने ? यो गम्भीर प्रश्न खडा छ ।’

पूर्वमन्त्री साहले मुलुकमा यतिवेला लोकतन्त्रविरोधी गतिविधि बढेकोमा चिन्ता व्यक्त गरे । देशको बागडोर सम्हालेको सरकार प्रमुखको गतिविधिकै कारण यस्तो अन्यौलपूर्ण अवस्था सिर्जना भएको उनको भनाई रहेको छ ।

‘देशमा यतिवेला लोकतन्त्रविरोधी गतिविधि दिनानुदिन बढ्दो छ । शान्ति, सुरक्षाको जिम्मा पाएको सरकारबाट नै जनता असुरक्षित छन् । अभिव्यक्ति स्वतन्त्रताको अधिकार यतिवेला मजाक बनेको छ’, साहले भने, ‘अहिले त सरकारले जे पनि गर्ने तर जनताले विरोध पनि गर्न नपाउने अवस्था बनाईएको छ । सडकमा नागरिकले शान्तिपूर्ण आन्दोलन गर्दा अपराधी हुने, तर प्रधानमन्त्रीले सडकमै मञ्च बनाएर सभा गर्दा महान हुने ?’

सरकारको नेतृत्वमा बसेका दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले) कानूनभन्दा माथि बन्न खोजेको आरोप उनले लगाए । कानूनको कार्यान्वयन गर्ने ठाउँमा पुगेका प्रधानमन्त्री ओली अध्यक्ष रहेको पार्टी एमालेले कानून अनुसार काठमाडौं महानगरले जरिवाना गर्दा नतिर्ने उदघोष गर्नुले कानून कसरी कार्यान्वयन हुने भन्दै उनले प्रश्न उठाएका छन् ।

‘अहिले कानूनले एमाले र कांग्रेसलाई छुँदैन् । अस्ति एमालेले त्यत्रो सडकमा फोहोर गर्यो, उसले त्यो सफा गर्ने दायित्वपनि ठानेन । काठमाडौं महानगरपालिकाले कानूनअनुसार जरिवाना तोक्दापनि स्विकार्य भएन । किनकी एमाले र कांग्रेस अहिले कानूनभन्दा माथि छन् भन्ने सन्देश प्रवाह भैरहेको छ’, आजपा अध्यक्ष साहले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको, कांग्रेस र एमालेको त आलोचना नै गर्नुहुँदैन्, यदि आलोचना गर्यो भने मुद्दा लागिहाल्छ । साईबर क्राइम थेग्नुपर्छ । प्रधानमन्त्री ओलीको आलोचना गर्दा र प्रश्न उठाउँदा त्यसको छानबिन हुनुपर्ने हो, तर आज कानूनी शासनको उपहास हुँदैछ ।’

वर्तमान कांग्रेस–एमाले गठनबन्धको सरकारको जग नै अलोकतान्त्रिक भएको उनले टिप्पणी गरे । विगतको आम निर्वाचनमा एकअर्काको प्रतिस्पर्धी रहेका र आफ्नो सरकार बनाउने भनेर जनतासंग मत मागेका दल कांग्रेस र एमालेले जनादेश विपरित गैरलोकतान्त्रिक गठबन्धन बनाएर सरकार गठन गरेको उनले बताए ।

‘यो सरकार गैरलोकतान्त्रिक धरातलमा बनेको छ । यो सबै जनतालाई पनि थाहा छ । होईन भने म प्रधानमन्त्रीजीलाई प्रश्न गर्न चाहन्छु–गत चुनावमा तपाईंले कांग्रेससँग प्रतिष्पर्धा गर्नुभएको थियो । कांग्रेससँग चुनाव लड्नुभएको थियो, तर आज कांग्रेससँग सरकार बनाउनुभयो । कुन नैतिकताले बनाउनुभयो ? तपाईं नैतिकवान भएको भए कांग्रेससँग सरकार बन्दैन थियो । कुनैपनि लोकतान्त्रिक देशमा जनादेशविपरित जाने अधिकार हुँदैन्, तर तपाईंले जे पनि गर्न थालिरहनुभएको छ, त्यो अलोकतान्त्रिक छ’ साहले भने ।

वर्तमान सरकारका कारण अहिलेको अर्थतन्त्र बर्बाद भएको बताउँदै उनले सरकारले जनतासंग मनोमानी कर अुल्ने र राज्यको ढुकुटी लुट्ने काम गरेको गम्भिर आरोप लगाए । तीनै तहको सरकार पिच्छेको कर आतंकले उधोग, व्यापार धरासायी बन्दै गएको बताउदै उनले सरकारी उधोग किन घाटामा गईरहेको भन्दै प्रश्न गरेका छन् ।

‘अहिले देशको अर्थतन्त्र बर्वाद गर्नुभयो । मनपरी कर असल्नुभएको छ । सरकारपिच्छे करको आतंक छ । तर, सरकारले आफ्नो दायित्व केही पनि बुझेको छैन् । सरकार मातहतका उद्योग बन्द छन् । व्यक्तिगत उद्योग चाहीँ किन नाफामा छन् । सरकारी उद्योग र संस्थानहरु सबै घाटामा छन् । सरकारी अस्पताल, विद्यालय, विश्वविद्यालय सबै अस्तव्यस्त छन् । अब जनतलाई ऋण बोकाउने काम सह्य हुँदैन’, उनले भने, ‘अहिले जनतालाई सरकारले आँफै कुट्ने र रुन नदिने अवस्था सिर्जना गरेको छ । यो चिन्ताको विषय हो । आज राष्ट्र नै खतरामा छ । राष्टिय पुँजी विदेश पलायन गरिएको छ । अहिले तमाम बेथिति र बर्वादीको अवस्था सिर्जना गरिएको छ, देशमा लोकतन्त्रको रक्षाको लागि तेस्रो जनआन्दोलनको अवस्था छ । यो बैठकले त्यस दिशामा ऐतिहासिक निर्णय लिने अपेक्षा लिएको छु ।’

सरकार पिच्छे सरकारको मनोमानी कर आतंक रोकन, वैदेशिक रोजगार पीडित तथा बैंकिङ लुट एवं लघुबित, सहकारी पीडितलाई न्याय दिलाउन र सरकारी निकायमा भईरहको खुलेआम लुट एंव भ्रष्टाचार विरुद्ध सशक्त आन्दोलन उठान सहित दलाल दलतन्त्र विरुद्ध तेस्रो जनआन्दोलनको तयारीका विषयमा बैठकमा छलफल हुने आजपा स्थायी कमिटी सदस्य एवं प्रमुख सचिव रविन्द्र सिंहले जनाएका छन् ।

यसैगरी बैठकले सदस्यता वितरण र संगठन विस्तार पार्टीको आंतरिक क्षमता अभिवृद्धि कर आतंक विरुद्ध काठमाडौमा संघर्ष, शिक्षक दरबन्दीको लागी मधेसमा संघर्ष, वैदेशिक रोजगारका ठग विरुद्ध आईटी आर्मीको संघर्ष, बैंकिङ लुट विरुद्ध अन्य प्रदेशमा संघर्षका कार्यक्रमका ’boutमा समेत बैठकले निर्णय गर्ने आजपाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘चिनियाँ कार्ड’ अभिव्यक्तिवारे प्रचण्डले दिए ओलीलाई प्रष्टिकरण

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कपिलवस्तुमा कांग्रेस एक्लै चुनाव लड्ने