इलाम । विभागीय टिम त्रिभुवन आर्मी क्लब झापाको बिर्तामोडमा जारी झापा कपमा पहिलो चरणबाटै बाहिरिएको छ । डोमलाल रङ्ग शालामा भएको खेलमा सहलेस फुटबल क्लब सिराहाले २-० गोलले पाखा लगाएको हो ।
सहलेसका अवि लामाले खेलको १८ मिनेटमा गोल गर्दे टिमलाई अग्रता दिलाएका थिए । सुरुवातको समयमा दबाबमा राखेको सह लेस फुटबल क्लबले खेलको २७ मिनेटमा गोल गर्दे दुई शून्यको अग्रता दिलाएको थियो । मध्यान्तर अघि नै दुई शून्य गोलले पछि परेको आर्मीले गोल गर्ने अवसर बनाए पनि फिनिसिङ दिन नसक्दा शून्यमै चित्त बुझाउनु प-यो ।
सहलेस फुटबल क्लब सिराहाले खेलको पाँच मिनेटमा बनाएको अवसर प्रहारमा ग्लोरी चुक्न पुगे । १३ मिनेटमा सिराहाले पाएको अवसर ताल मेल नमिल्दा आर्मीका खेलाडीले फर्काइ दिए । १८ मिनेटमा अवि लामाले गोल गर्दे अग्रता दिलाएपछि २२ मिनेटमा पुन गोल गर्ने अवसर बनाएको सिराहाले सदुपयोग गर्न सकेन ।
२५ मिनेटमा समीर श्रेष्ठको अवसर खेर गयो । २७ मिनेटमा आदित्य शाक्यले गोल गर्दे खेललाई थप अग्रता दिलाए । ३२ मिनेटमा समीर श्रेष्ठको अवसरले दिसा लिन सकेन । ३४ मिनेटमा पाएको निकै राम्रो अवसर पाएका सुजन श्रेत्रीको प्रहार विकेश कुथुले सेभ गरेपछि रिबाउन्ड भएको बल ग्लोरीले एटेम गरेका थिए । उक्त बल पोलमा ठोकिएर मैदान तर्फ फर्कियो ।
३७ मिनेटमा ग्लोरिले पाएको अवसरलाई पोस्टमा प्रहार गर्न चुके । ४० मिनेटमा कुल दीप कार्कीको प्रहार पोस्ट बाहिर पुग्यो । ५५ मिनेटमा अवि लामाको प्रहार फितलो बन्यो । ६३ मिनेटमा ग्लोरीको पासलाई कुलदिपले सदुपयोग गर्न सकेनन् । ७२ मिनेटमा जोन ग्लोरीको प्रहार विकेश कुथुको हातमा प¥यो । ८३ मिनेटमा आदित्यको प्रहार गोल पोस्ट भित्र नपरे पछि दुई गोलमै चित्त बुझाउनु प¥यो ।
यता मध्यान्तर अघि नै दुई गोल खाई सकेको आर्मीले पटक पटक गोल अवसर पाए पनि सदुपयोग नगर्दा पहिलो खेलबाटै बाहिरिन पुग्यो । खेलको ७ मिनेटमा आर्मीका क्याप्टेन भरत खवासले डिबक्सबाट पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । खेलको नौ मिनेटमा जिलेस्पि जङ्ग कार्कीको अवसर सिराहाका विमल पाण्डे बाधक बन्दा गोल गर्ने अवसर चुक्यो । १३ मिनेटमा जिलेस्पिकै अवसर गोल पोस्टमा परेन ।
२३ मिनेटमा सिर्जन दानीको डिबक्स भित्रकै प्रहार बाहिरिन गयो । ३० मिनेटमा दिसान्त राईको क्रस पासमा नवयुग श्रेष्ठ चुक्न पुगे । ३६ मिनेटमा भरत खवासको अवसर सदुपयोग हुन सकेन । ४२ मिनेटमा आर्मीका सिर्जन दानीले पाएको अवसर पोस्ट माथिबाट बाहिरियो । मध्यान्तर पनि निकै आक्रामक बनेको आर्मीले ६८ मिनेटमा मध्य भागबाट गरेको प्रहार मैदान बाहिर पुग्यो ।
७३ मिनेटमा जिलेस्पिको प्रहार आकाशियो । ७७ मिनेटमा जिलेस्पिको क्रसपासमा भरत खवासले गरेको प्रहार सदुपयोग भएन । ७९ मिनेटमा आर्मीले डी बक्सभित्र बनाएको अवसर पोस्टमा प्रहार हुन सकेन । ८१ मिनेटमा गोल गर्ने सुनौलो अवसर पाएका भरत खवास चुक्न पुगे । ८४ मिनेटमा फ्री किक मार्फत जिलेस्पिको प्रहार किपरले सहजै नियन्त्रणमा लिए ।
८७ मिनेटमा आविष्कार कार्कीको प्रहार जिलेस्पिले सदुपयोग गर्न नसके पछि क्वाटर फाइनलबाटै आर्मी बाहिरिन पुग्यो । खेलको म्यान आफ द म्याच सह लेस फुटबल क्लबका अवि लामा घोषित भए । पुस दुई गते जिटिए दार्जिलिङ र इटहरी फुटबल क्लब बिच प्रतियोगिता हुने छ ।
पुस ८ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका महासचिव गणेश पोखरेलले जानकारी दिए । प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार नगद पाउनेछन् । प्रतियोगिताको उच्च गोलकर्ता एक जना तथा उत्कृष्ट गोलकिपर एक जनालाई ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
त्यस्तै, प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट एक जना खेलाडीलाई मस्ट भ्यालुएवल खेलाडी घोषित गरेर नगद एक लाख रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।