सुदूरपश्चिममा छोरीभन्दा छोरा जन्मिने दर बढ्यो

धनगढी । सुदूरपश्चिममा छोरीभन्दा छोरा जन्मिने दर बढेको छ । २०७८ को राष्ट्रिय जनगणनाको तथ्यांकले सुदूरपश्चिमका सबै जिल्लामा छोरा जन्मिने दर बढी देखाएको छ । यहाँ दुई तराई र सात पहाडी गरी नौ जिल्ला रहेका छन् ।

प्राकृतिक रुपमा छोराभन्दा छोरी जन्मिने दर उच्च हुन्छ । सन्तुलित जनसंख्याका लागि छोराभन्दा छोरी जन्मने दर बढी हुनुपर्छ । तर सुदूरपश्चिमका सबै जिल्लामा छोरीको अनुपातमा छोरा जन्मिने दर बढेको छ । सुदूरपश्चिममा एक सय छोरी जन्मदा १२० भन्दा बढी छोरा जन्मिएको जनगणनाको तथ्यांकले देखाएको छ । राष्ट्रिय जनगणना २०७८ को नतिजाले सुदूरपश्चिममा पाँच वर्षमुनिको लैंगिक अनुपात आसमान देखाएको छ ।

विगतका जनगणनाको तुलनामा २०७८ को जनगणनाले लैंगिक अनुपात ठिक विपरीत देखाएको छ । यहाँका ९ जिल्लामध्ये कञ्चनपुरमा लंैगिक अनुपात सबैभन्दा बढी छ । कञ्चनपुरमा एक सय छोरी मान्छे जन्मिदा १२० जना छोरा मान्छेको जन्म हुने गरेको जनगणनाको तथ्यांकले देखाएको छ । दोस्रो बढी छोरा जन्मिने कैलालीमा एक सय छोरी जन्मदा ११९ दशमलव ८७ जना छोरा जन्मिने गरेको तथ्यांक छ ।

पहाडी जिल्ला डोटीमा सबैभन्दा बढी लैंगिक अनुपातमा भिन्नता देखिएको छ । डोटीमा एक सय छोरी जन्मदा ११८ दशमलव ८० छोराको जन्म हुने गरेको छ । डडेल्धुरामा एक सय छोरी जन्मदा ११७ दशमलव ७९ छोरा जन्मेका छन् भने बैतडीमा एक सय छोरी बराबर ११४ छोरा जन्मेको तथ्यांकले देखाएको छ ।

हिमाली जिल्ला दार्चुलामा लैंगिक अनुपात ११३ छ भने बझाङका ११०, बाजुरामा १०६ तथा अछाममा लैंगिक अनुपात १०४ रहेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले देखाएको छ । सुदूरपश्चिममा १० वर्षको अवधिमा लैंगिक अनुपातमा फेरबदल भएको छ । छोरीभन्दा छोराको जन्म बढी हुनुमा लिंग परीक्षण गरेर गर्भपतन गरिनु मुख्य कारण मानिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

मुगुमा चिसो छल्न न्यानो कपडा सहयोग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं महानगरको मेयरका लागि सिर्जना सिंहले अघि सारिन् सात संकल्प