तावा खोला दोभानमा पक्की पुल निर्माणको तयारी

पुल निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम गर्दै प्राविधिक टोली ।

खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबीच रहेको तावा खोला दोभानमा पक्की पुल निर्माणको तयारी थालिएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङलाई जोड्ने उक्त पुलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम सुरु भएको हो ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकालाई जिल्ला सदरमुकाम दिक्तेलसँग छोटो दूरीमा जोड्ने लक्ष्यका साथ यो परियोजना अघि बढाइएको छ । हाल यस स्थानमा झोलुङ्गे पुलबाट मात्र आवतजावत हुने गरेको छ । उक्त स्थान दिप्रुङ चुइचुम्मा गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिकाको संगमस्थलको रूपमा रहेको छ ।

बिआई इन्जिनियरिङ कन्सल्टेन्सी टोखाले मंसिर २५ गतेदेखि पुलको प्रारम्भिक सर्वेक्षण कार्य सुरु गरेको छ । कन्सल्टेन्सीले माटो परीक्षण र भौगोलिक अवस्थाको अध्ययन गरी डिपिआर तयार पार्ने जनाएको छ । कांग्रेसका युवा नेता नइन्द्र राईका अनुसार डिपिआर सम्पन्न भएपछि पुल निर्माणका लागि बजेट जुटाउन पहल गरिनेछ । पुल निर्माण भएपछि दिक्तेलबाट एक घण्टामै धिप्लुङ झरनासम्म पुग्न सकिने विश्वास गरिएको छ ।

तावा दोभानबाट निस्कने सडक दिलैंचीमा दिक्तेल–खोटाङबजार सडकसँग जोडिने छ । दिलैंचीबाट धिप्लुङ झरनातर्फ ज्यामिरे हुँदै मलबासेसम्म सडक निर्माण भइसकेको छ । नेता राई दिएको जानकारी अनुसार मलबासेबाट काहुले, टेम्माबजार, सेम्मा, गोगने बास्ताला, मैस्याङडाँडा, ध्रुवपार्क र छितापोखरीबजार हुँदै स्याल्मे सुनकोसीको बाटोबाट पञ्चमीबजारसम्म सडक निर्माण भइसकेको छ । भविष्यमा दिलैंचीबाट एक्लेबर, छितापोखरी, खोटेहाङ गाउँपालिका र जन्तेढुंगा गाउँपालिकाको माथिल्लो भेग हुँदै भोजपुरसम्म सडक विस्तार गर्न सकिने सम्भावना रहेको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 5 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

मुगुमा चिसो छल्न न्यानो कपडा सहयोग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पर्सा गाउँपालिकामा कांग्रेसकै अध्यक्ष र उपाध्यक्ष निर्वाचित