मुगुमा चिसो छल्न न्यानो कपडा सहयोग

मुगु । चिसोले कष्टकर जिवन बिताईरहेका मुगुका दलित बस्तीका नागरिक र बिद्यार्थीहरु लाई चिसो छल्न न्यानो कपडा वितरण गरिएको छ । काठमाडौं नागार्जुन नगरपालिका–१० साविकको स्युचाटारका शिवकुमार पन्तको सहयोगमा र मुगु सञ्चारकर्मी नन्दबहादुर रोकायाको समन्वयमा मुगुम कार्मारोङ्घ गाउँपालिकाका–९ नेपाल राष्ट्रिय आधारभुत बिद्यालय छायल र छायानाथ रारा नगरपालिका–१३ लापु दलित बस्तीसँगै लापुमा रहेको नमुना आधारभुत बिद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा, स्टेशनरी सामाग्री सहयोग गरिएको हो ।

फजुर्ल खर्चको बचतले मुगु जिल्लाको एक दलित बस्ती र दुई बिद्यालयमा न्यानो कपडा वितरण गरिएको छ । फजुल खर्च नगरीे त्यो पैसा वचत गरेर समाजसेवि शिव कुमार पन्तले मंगलबार मुगुम कार्मारोङ्घ गाउँपालिकाका–९ नेपाल राष्ट्रिय आधारभुत बिद्यालय छायलमा पुगी १ सय २८ जना बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण संगै छायानाथ रारा नगरपालिका–१३ लापु दलित बस्ती र लापुमा रहेको नमुना आधारभुत बिद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीलाई न्यानो कपडा सहयोग प्रदान गरेका हुन ।

काठमाडौं नागार्जुन बस्दै आएका शिवकुमार पन्तका अनुसार लापु गाउँ दलित बस्तीको पीडादायक अवस्था र चिसो बाट मुगुका बिद्यार्थीमा पठनपाठनमा समस्या भएको सञ्चारमाध्यमा आए अनुसार त्यसैअनुसार आपूmलगायत वैदेशिक रोजगारमा रहेका केही साथीको सहयोगमा लापु गाउँको दलित बस्तीमा र नेपाल राष्ट्रिय आधारभुत बिद्यालय छायल, नमुना आधारभुत बिद्यालयमा लापुमा न्यानो कपडा स्टेशनरी साम्रगी सहयोग गरेको बताए । उनका अनुसार आफ्नो प्रमुख नेतृत्वमा अन्य मनकारी साथिहरुले पनी सहयोग गरेको बताए ।

स्व. हजुरबुबा पहलमान पन्तको सम्झना तथा आर्शिवादले विकट दलित बस्तीमा विकट जिल्लाका बिद्यालयहरुमा सहयोग गर्न पाउँदा खुसी छु । विगतका धेरै वर्षदेखि देशका विभिन्न ठाउँमा सहयोग गर्दै आइरहेको छु । यस अघि पनि मुगुको लापु बस्तीमा पनी सहयोग गरेको बताउादै पन्तले यो पटक सञ्चारकर्मी रोकायाको समन्वयमा नेपाल राष्ट्रिय आधारभुत बिद्यालय छायलमा १ सय २८ जना बिद्यार्थी र नमुना आधारभुत बिद्यालयमा लापुमा ३० जना बिद्यार्थी र लापु गाउँमा ३० घरदुरी लाई कम्बल वितरण गरी सहयोग गरेको बताए । यो सहयोग अन्य ठाउँको भन्दा महत्वपूर्ण सहयोग भएको बताए । अझै विकटमा निरन्तर सहयोग गर्ने प्रतिबद्धतासमेत पन्तले गरे ।

यसैबीच आर्थिक अवस्था कमजोरका कारण जाडोबाट बच्ने लुगा कपडा किन्न नसक्ने लापुवासी न्यानो कपडा पाउँदा अत्यन्तै हर्षित भएका छन् । जाडोको सिजन सुरु भएको छ । लत्ताकपडा किन्ने पैसा थिएन मनकारी भावना बोकेका शिवप्रसाद पन्त लगायतको टोलीले सहयोग गरेकोमा धन्यवाद दिँदै स्थानीयले भगवान् आएको अनुभूति गरेका स्थानीय गोरा विकले बताए ।

नेपाल राष्ट्रिय आधारभुत बिद्यालय छायलका प्रधानध्यापक बिकास भामका अनुसार जाडो मौसममा बिहान घाम ढिलो लाग्ने र छिटो जाने गरेका कारण बिद्यार्थीहरुको पठनपाठनमा समस्या भएको थियो न्यानो कपडा प्राप्त संथै चिसो छल्न सहज हुने बताए । आर्थिक अबस्था कमजोर भएका बिद्यार्थीहरु चिसो मौसमा समस्यामा थिए अबका दिनमा सहज हुने प्रधानध्यापक भामले बताए । चिसो मौसमा न्यानो कपडा पाएसँगै चिसो छल्न सहज हुने भन्दै छायल र लापुका बिद्यार्थी खुसी भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

मुगुमा चिसो छल्न न्यानो कपडा सहयोग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कांग्रेसले नपत्याएका ३३ वर्षिय थापा शिवराजमा मेयर निर्वाचित