मुम्बई । भारतीय चलचित्र फौजी र द राजा साब गरी दुई वटा चलचित्रमा सँगै काम गरिरहेका अभिनेता प्रभास घाईते भएका छन् । उनी चलचित्र फौजीको छायाँकनको क्रममा घाईते भएका हुन् ।
फौजीको सेटमा प्रभास घाईते भएपछि चलचित्र द राजा साबको छायांकन रोक्ने तयारीमा निर्माण पक्ष थियो । तर चलचित्रको रिलिज मिति नजिक भएका कारण चाँडै काम सक्नुपर्ने भएकाले प्रवासले सो चलचित्रको काम नरोक्ने र आफुले काम निरन्तर गर्ने बताए । सोही कारण अब द राजा साबको छायांकन क्रमिक रुपमा अघि बढ्ने सो चलचित्रका निर्माताहरुले बताएका छन् ।
प्रभासको रोमान्टिक हरर कमेडी जनराको चलचित्र द राजा साबको रिलिज मिति अप्रिलमा छ । सोही कारण प्रभास अहिले दैनिक दुई सिफ्टमा काम गरिरहेका छन् । उनी फौजीको सेटमा घाइते भएका कारण खुट्टाको चोटले गर्दा केही दिन फाईट लेख्न नमिल्ने भएपछि सन्चो नहुँदासम्म फौजीको कामबाट उनले आराम लिने भएका छन् । तर द राजा साबलाई निरन्तता दिने प्रभासले बताएका छन् । सामान्य हिड्डुलसँगै उभिएर र बसेर गर्न सक्ने कामको छायांकन उनले दा राजा साबको निरन्तर गर्ने भएका छन् ।
प्रभास घाईते भएका कारण द राजा साबको छायांकन रोकिएको कुरा यसका निर्माताले अश्विकार गरेका छन् । प्रभास घाईते भएका कारण चलचित्रको छायांकन बुधबार रोकिएको भए पनि बिहिबारबाट नियमित रुपमा हुने निर्माताले बताएका छन् ।
प्रदर्शन तालिका अनुसार द राजा साब आउँदै २५ अप्रिलमा रिलिज हुन लागेको छ । उनी यसमा केही फरक स्टाईलमा प्रस्तुत हुने पनि निर्माण पक्षले जनाएको छ । प्रभासलाई खुट्टाको चोट लागेपछि यो चलचित्रको छायांकन रोकिएकाले अब निर्धारित समयमा चलचित्र रिलिज नहुने धेरैको अनुमान थिए । तर चोट लागेको अबस्थामा पनि प्रभासले छायांकनलाई निरन्तर अघि बढाउने भएका छन् ।
निर्माण संस्था पिपल मिडिया फ्याक्ट्रीले चलचित्रको छायांकन सुचारु रुपमा अघि बढेको र अब यसको दोहोरो सिफ्टमा काम हुने जनाएको छ । द राजा साबको करिब ८० प्रतिशत छायांकन सकिएको छ भने पोस्ट प्रोडक्सनको काम धमाधम भइरहेको पनि निर्माण कम्पनीले बताएको छ ।
प्रभासले आफ्नो करियरमा पहिलो पटक हरर जनराको चलचित्रमा काम गरेका हुन् । यो चलचित्रलाई मारुती दासारीले निर्देशन गरिरहेका छन् । द राजा साबको छायांकन रामोजी फिल्म सिटीको विशेष सेटमा भइरहेको छ । यसमा प्रभाससँगै निधि अग्रवाल, अनुपम खेर, सञ्जय दत्त, मालविका मोहनन, वरलक्ष्मी सरथकुमार, मुरली शर्मा र जिशु सेनगुप्ताको अभिनय रहने छ ।