सरकारले करको पनि कर लिइरहेको छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपाल कर आतंकले आक्रान्त बनेको भन्दै यसबाट निकाल्नको लागि निर्णायक संघर्षको आवश्यकता औँल्याएका छन् ।

उनले भने, ‘आज देशमा कर आतंक छ । दुनियाँमा नभएको कर नेपालमा छन् । नेपालको अर्थतन्त्र करकै कारण ध्वस्त हुँदैछ । कुल ग्राहस्थ उत्पादनको झण्डै एक तिहाई राजश्वमा गैरहेको छ । केन्द्र सरकारले झण्डै होल बजेटको ६७/६८ प्रतिशत राजश्वबाट प्राप्त गर्ने लक्ष्य राखेको छ । बाग्मती प्रदेशले झण्डै ७६ प्रतिशत राजश्वबाट प्राप्त गर्ने लक्ष्य राखेको छ ।’

आम जनता पार्टीको उपत्यका विशेष कमिटीले ‘कर आतंक कहिलेसम्म ?’ शीर्षकमा आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै साहले केन्द्र सरकारले झण्डै १४ खर्ब, प्रदेश सरकारले २ खर्ब, स्थानीय पालिकाहरुले झण्डै तीन खर्ब राजश्वबाट प्राप्त गर्ने लक्ष्य राखेको तथ्यांक सुनाए । काठमाडौं महानगरपालिकाले २५ अर्बको बजेटमा २० अर्बभन्दा बढि राजश्वबाट प्राप्त गर्ने लक्ष्य राखेको पनि उनले जनाए यस्तै, ललितपुर महानगरको ६ अर्ब बजेटमा चार अर्ब राजश्वबाट उठाउने लक्ष्य राखिएको तथ्यांक पेश गरे ।

पूर्वमन्त्री साहले दुनियाँको कुनैपनि देशले २५ प्रतिशतभन्दा बढि राजश्वको लक्ष्य नराखेको बताए । उनले भने,‘अधिकतम कर २५ प्रतिशत छ । नेपालमा विश्वकै रेकर्ड तोड्ने । एक तिहाईभन्दा बढि राजश्व उठाउनु, यो भनेको हाम्रो अर्थतन्त्र ड्यामेज गर्नु हो । अरु कुनै देशमा पनि तीन तहमा कर लाग्दैन् । भारत र चीनमा स्थानीय तहमा कर लगाउँदैन् । भारतमा ३७, चीनमा ३४ र अमेरिकामा ५१ वटा सरकार छन् । नेपालमा ७६१ व्टा सरकार छन् । सबै सरकारले कर लगाएका छन् । अनावश्यक कर लगाएर अर्थतन्त्रलाई ध्वस्त बनाउने काम भएको छ । देशको कुल ग्राहस्थ उत्पादन ५७ खर्ब छ । १८ खर्बको बजेट छ । त्यसमा तीन/चार खर्बमात्रै पूँजीगत खर्चमात्रै हुने ।’

साहले नेपालमा भैरहेको कर आतंक बन्द नगरिए व्यवस्था नै ध्वस्त हुनेपनि टिप्पणी गरे । उनले भने,‘नेपवालमा जो कर आतंक छ । मनपरी कर छ । जे पनि र जे मापनि कर लगाउने आतंक छ। त्यसमा ध्यान दिन आग्रह गर्छु । करको शीर्षक दुनयाँमा नभएको शीर्षक छन्, नेपालमा ४० प्लस कर शीर्षक छन् । केन्द्र सरकारले लगाउने कर २० शीर्षकमा छन् । प्रदेशले ८ देखि ९ वटा कर लिन्छन् । पालिकाले एक दर्जन लिने गरेका छन् । संविधानतः बनाईएको कर झण्डै ४० शीर्षक छन् । भारतमा जम्मा १४ शीर्षक छन् । दर र दायरा पनि नेपालमा बढि छ । जसको कारण महँगी बढिरहेको छ । नेपालमा त करको पनि कर लिने प्रवृत्ति छ । कर भनेको वस्तुको मूल भाउमा लाग्छ । करको कर लिने प्रवृत्ति अस्वभाविक छ । नेपालमा एउटै आइटमको कर ठाउँठाउँमा लिने कुराले नेपाली हैरान छन् ।’

उनले दुनियाँमा कहीँपनि नभएको कुरा नेपालमा उपभोग्य वस्तु र विलाषी सबैमा समान भ्याट लागु भएकोमा पनि आपत्ति जनाए । उनले भने,‘नेपालमात्रै यस्तो देश हो, उपभोग्य वस्तु र विलाषी सबैमा समान भ्याट लाग्छ । करको ढाँचाले नेपाली गरिबी जनताको ढाड भाँचिएको छ । आयकरपनि नेपालमा पाँच लाखमा लाग्छ । जबकी भारतमा २० लाखमा लगाउने गरिएको छ । यहाँ त करपिच्छे कर, मनपरी कर छ । अरु देशको तुलनामा हामी पछि परिरहेका छौं ।’

कर लगाईएन भने देश कसरी चल्छ ? भन्नेलाई उनले आफ्नो पत्नी रिनाकुमारी साहले नेतृत्व गरेको रौतहटको मौलापुर नगरपालिकालाई हेर्न चूनौति दिए । उनले भने,‘मौलापुरमा शून्य कर छ । अरु नगरपालिकाको तुलनामा हाम्रो नगरपालिकामा हेर्न सुझाव दिन चाहन्छु । पालिकामा सबैभन्दा बढि कर काठमाडौं महानगरले लगाएको छ । तर, हामीले नगरपालिकामा पूरै कर मुक्त गरेका छौं, शून्य कर छ । सरकारले आँफै उत्पादन गर्नुपर्छ । अहिले नेपाल सरकारको साधन र स्रोत सबै लुट्ने काम भएको छ । नेपाल सरकारसँग पनि उद्योग छन् । तर, सबै घाटामा छन् । जंगल छ । जंगल आम्दानीको स्रोत हो । झण्डै ४७ प्रतिशत वन छ । प्रत्येक वर्ष वन मन्त्रालयको बजेट १४ अर्ब हुन्छ । तर, रिटर्न केही पनि आउँदैन् । आम्दानी छैन् । नेपालका जलाशय व्यक्तिको स्वार्थमा प्रयोग भएको छ । पहाडमा हाईड्रोपावरलाई बिक्री, तल भारतसँग सिचाइंको लागि बिक्रि भएको छ। बालुवा र गिट्टीपनि किन्नुपर्छ । जलाशय, नदी, नालाबाट कति आम्दानी भयो भनेर हामीले सोध्ने कि नसोध्ने ? यातायात र रेलवे, हवाईजहाजबाट कति आम्दानी भयो ? नेपाल प्राकृतिक सम्पदाले भरिएको भण्डार हो । यसलाई उपयोग गर्नुपर्छ । अहिले जनतालाई करको भारी बोकाईएको छ ।’

उनले अहिले संघीय राजधानी जोड्ने र अरु पनि सडक सबैको अवस्था दूरावस्था रहेको सुनाए । उनले थपे,‘आज सबै सडक बेहाल छन् । पूर्वाधार कर दिन्छौं । अरु देशको तुलनामा हामीले चार गुणा बढि कर तिर्ने । तर, विकास नहुने ? आम्दानीको आधा पैसा यी लुटेराले खाईदिएका छन् । जिडपीको ५० प्रतिशत सरकारको लुटेराले लिएपछि हाम्रो हालत के हुन्छ ?’

नेपालमा कर एकीकृत नभएर मनपरी रहेको साहको टिप्पणी छ । उनले भने,‘७६१ वटा सरकारमध्ये सबभन्दा बढि कर लगाउने सरकार काठमाडौं महानगर हो । मौलापुर र काठमाडौंको तुलना गर्न भन्छु । २५ अर्बको बजेटमा झण्डै २० अर्ब जनताले कर तिर्नुपर्छ । म भन्छु कर छुट गरेर विकास गर्नुपर्छ । गाईलाई खुवाएर दुध लिने कि भोकै राखेर दुध लिने ? अहिले उल्टो बाटोमा हिँडिएको छ । हिजोको व्यवस्थाभन्दापनि गएगुज्रेको व्यवस्था भयो । यो अहिलेको त संघीयता नै होईन । यो बिगारिएको व्यवस्था हो । यो गणतन्त्रपनि बिागारिएको छ । त्यसैको कारण यो देश उजाडिएको छ । पूरै व्यवस्था नै बिग्रिएको छ । त्यहीँबाट कर आतंक सुरु भएको छ । दुहुने काममा मात्रै सरकार केन्द्रित छन् ।’

साहले भारत र चीनसँग प्रतिष्पर्धा गरेर अर्थतन्त्र बचाउनुपर्ने बेलामा नेपालमा भने शासकहरु उल्टो बाटोमा हिँडेको आरोप लगाए । उनले भने,‘देशको अर्थतन्त्र उकास्नेतिर होईन, मास्नेतिर अहिलेका शासकहरु अघि बढेका छन् । अर्थतन्त्र बलियो बनाउनेतिर ध्यान छैन् । नेपाली जनता पलायन हुँदैछन् । नेपालमा भविष्य नदेख्नु पनि अहिलेको कुव्यवस्था हो, गलत नेता र कर आतंक हो । कर आतंक रोकियो भने हामी भारतसँगको खुला बोर्डरलाई वरदान बनाउन सक्छौं । जथाभावी कर छ । दुनियाँमा नभएको कर नेपालमा छ । जिडिपीको एक तिहाई हिस्सा लुट भैरहेको छ ।’

उनले नेपालले अहिले लुट, भ्रष्टाचार र कर आतंकले विश्वमै रेकर्ड बनाउने काम गरेको भन्दै सरकारप्रति आक्रोश पोखे । उनले भने,‘हिजो संसारकै अग्लो हिमाल सगरमाथाको नामले त रेकर्ड बनाएकै थियौं । तर अहिले अब लुट, भ्रष्टाचार र कर आतंकमा नेपालले सगरमाथाभन्दापनि अग्लो बनेर विश्वकै रेकर्ड बनाईसक्यो, यसमा लगाम लगाउन जरुरी छ ।’

कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष तिलक थापामगरले अर्थव्यवस्था राम्रो बनाउन आफ्नो पार्टीले देशव्यापी अभियान चलाएको स्पष्ट पारे । उनले भने,‘हामी समाजलाई समृद्ध बनाउन चाहन्छौं । हामीले देश र जनताको पक्षमा उभिएर दृढताका साथ अभियान चलाएका छौं । नेपाली जनतालाई अहिलेको अर्थ व्यवस्थाले ठूलो प्रभाव पारेको छ । तीन तहको सरकारले करैकर लगाएको छ । करको कहरले नेपाली जनताले पेशा तथा व्यवसाय गर्ने स्थिति छैन् । यसमा सुधार गर्नुपर्छ ।’ उनले कर आतंकविरुद्धको संघर्ष जारी रहनेपनि जानकारी दिए ।

यस्तै, अर्थविद् प्रा.डा. गोपिलाल न्यौपानेले पनि नेपालमा कर धेरै लगाईएको भन्दै आपत्ति जनाए । उनले भने,‘कर प्रणाली’bout जनतालाई सुसुचित गर्नुपर्छ । हामीले कर धेरै भयो भनेको हो । हामीले कर धेरै भयो भन्दा एकथरीले करबिना देश चल्छ त भन्छन् । यसो भन्नेहरु कांग्रेस र एमालेमा छन् । हामीले करै नलिने भनेको होईन, कर धेरै भयो भनेको हो ।’

उनले नेपालमा कर त तलव, भक्ता तथा सुविधाको लागिमात्रै दुरुपयोग गरिएको टिप्पणी गरे । उनले भने,‘अहिले त विदेश भ्रमण, उपचार खर्च सबै करबाट प्रयोग भएको छ । स्कुल, सडक र पूल बनाउनको लागि करको पैसा प्रयोग भएको छैन् । पूर्वाधार विकास त ऋणबाट भएको छ । करबाट नेपालको पूर्वाधार बनेको छैन् । कर त तलव, भक्ता र विलाषीमा खर्च भएको छ । नेपाली जनतालाई नांगै पार्ने काम करले गरेको हो । हामीकहाँ मल्टि ट्याक्सिङ भयो । सिंगल ट्याक्सिङमा जाऔं । देशमा ४६ किसिमको ट्याक्सले गरिबी बढ्यो । नेपालमा धनीले ट्याक्स तिर्दैन । गरिवले मात्रै तिर्ने हो । आजपाले जनतालाई सुसुचित गर्ने काम गरेको छ, म धन्यवाद भन्न चाहन्छु ।’

यस्तै, पूर्व गर्भनर दीपेन्द्र बहादुर क्षेत्रीले राज्य चलाउन कर लिनुपर्ने भएपनि व्यक्तिको रुपमा तीन तहका सरकारबाट लागु गरिएका कतिपय करको विषयलाई विचार गर्नुपर्ने आवश्यकत्ता औंल्याए । उनले भने,‘राज्य चलाउन त कसर लिनुपर्छ । तर, देशमा भएका तीन तहका सरकार छन्, यी तीन तहबाट लागु गरिएका करका कुरालाई विचार गर्नुभयो भने साँच्चै नै ओहो, कसरी उम्किने हो त भन्ने रुपमा परिणत हुने सम्भावना छ ।’

उनले संघीय सरकराले चालु आर्थिक वर्षको निम्ति १८ खर्ब ६० अर्ब, ३० करोड ३० लाखको बजेट पेश गरेकोमा झण्डै ६७.६६ प्रतिशत करबाट असुल गर्छौं भनेको पनि सुनाए । उनले भने,‘यो तथ्यांक भनेको दुई तिहाईजस्तै करबाट लिने भनेको छ, अहिले त सरकारले करको दायरामा सबैलाई ल्याउन सकेको छ भन्ने कुरापनि विचारणीय छ । अघि मैले भनेको त संघीय सरकारकोमात्रै डाटा हो । सबै हेर्दा त अलिक बढि नै हो कि भन्ने फिल हुन्छ ।’

उनले कर उठाउने तौरतरिकामा पनि प्रश्न उठाए । उनले भने,‘करको सिद्धान्तले दोहोरो कर लाग्न हुँदैन भन्ने छ । तर, एउटै आम्दानीलाई कति ठाउँमा तिर्नुपर्छ । कर नेपालमा दक्षिण एशियामा नै बढि हो भन्ने कुरा साँचो छ ।’

रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले देशको अर्थतन्त्र अहिले विचौलिया र माफियाको हातमा पुगेको आरोप लगाए । उनले अब मिडियाले अर्थतन्त्रको विषयमा निरन्तर बहस तथा पैरवी गर्नुपर्ने बेला भएको आवश्यकत्ता औंल्याए । आफूपनि यही विषयमा केन्द्रित भएर अघि बढ्ने धमलाको विश्वास छ ।

धमलाले भने,‘मिडियाले अर्थतन्त्र’bout राम्रोसँग चिरफार गर्न सकेनौं । हाम्रो देशको अर्थतन्त्र विचौलिया र माफियाको कब्जामा गैसकेको छ । हामीले जसरी बहस गर्नुपर्ने थियो, त्यो गर्न सकेनौं । कर आतंकको ’boutमा जसरी सही सूचना सम्प्रेषण गर्नुपर्ने थियो, हामीले अलिक कम गर्यौं कि भन्ने लाग्छ । हामीले बरु दलको गतिविधिलार्य अलिक बढि फोकस गर्यौं कि भन्ने लाग्छ । अहिले अदालतप्रति जनताको पूर्ण भरोसा र विश्वास पनि विस्तारै टुट्दै गएको छ । अर्को आशाको केन्द्र भनेको सञ्चार क्षेत्र हो, यसले पनि आफ्नो धर्म निर्वाह गरेन भने नेपालमा हरेक क्षेत्रमा ठूलो संकट आउनसक्छ ।’

उनले देश अहिले कर आतंकको मारमा परेको भन्दै सरकारप्रति आक्रोश पोखे । उनले भने,‘हाम्रो देशमा कर आतंक छ । सत्तामा बस्ने नेताहरुले लुटतन्त्र चलाइएराखेका छन् । उनीहरुले एकदमै लुटतन्त्र चलाईराखेका छन् । कुनैपनि पार्टी चोखो छैनन् । न नयाँ, न पूराना । नयाँले पनि कर आतंक अन्त्य गर्न सकेनन् । अहिले ठूलो मारमा त नेपाली जनता मात्रै परेका छन् । कर तिर्दातिर्दा जनता आजित भएका छन् । यहाँ उद्योगपति र व्यवसायीहरु व्यवसाय छोडेर जानुपर्ने अवस्था छ । तर, यही देशमा विचौलिया र माफियाले कर तिर्नुपर्दैन् । विचौलियाले रजाईं गरेका छन् । अर्थतन्त्र विचौलिया र माफियाको कब्जामा छ । उनीहहरुको सत्तामा पहुँच छ, हालिमुहाली छ । उनीहरुको कनेक्सन प्रधानमन्त्री, उद्योगमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीसँग छ । उनीहरुले आफूले कमाएको १०, २० प्रतिशत नेतालाई बुझाएपछि चोखा हुन्छन् । राज्य संयन्त्र नै माफियाको कब्जामा गैसक्यो । जनतालाई ठूलो पीडा छ । माफिया सम्पन्न बनिसके । पहुँच र प्रभावि बढिसक्यो । सोझासिधा जनताको बेहाल छ ।’

उनले कर आतंक बन्द नगरेसम्म आफूले मिडियामार्फत छेड्ने अभियान नराक्ने र प्रभाव साह नेतृत्वको आजपाको आन्दोलनलाई पनि साथ दिने प्रतिबद्धता जनाए । उनले भने,‘अब रेडियो, टिभी र क्लबमा कर आतंक बन्द गर्नको लागि बोल्नेछु । कर आतंक अन्त्य नभएसम्म देशमा विकास तिव्र गतिमा बढ्दैन । टेवुलमुनिबाट लिने प्रथा छ, जनताको पैसा लुट्ने समाजमा एउटा गिरोह छ, त्यसलाई तोड्नैपर्छ । म जनताको पक्षमा उभिनेछु । भ्रष्टाचार अन्त्यको कुरा एकादेशको कथा भएको छ । भ्रष्टाचार अन्त्य भएको छैन् । जनताले सुशासन देख्न पाएका छैनन् । डेलिभरीपनि पाएका छैनन् ।’

उनले नाकामा गरिव निमुखाले पाउने सास्तीको ’boutमा उजागर गर्ने पनि सुनाए । उनले भने,‘सबै नाकामा जाऔं । झापादेखि कञ्चनपुरसम्मका बोर्डरमा जाउँ । हुम्लाको चिनियाँ नाकासम्म जाऔं । नाकामा कति तस्करी भैरहेको छ ? रक्सौल नाका, तातोपानी नाकामा जाऔं । तस्करी बन्द गराउनको लागि मिडियाले भूमिका खेल्नुपर्छ । नाकामा ठूलो आतंक छ । जनता पीडामा छन् । नाकामा पुलिसलाई घुस दिएन भने एउटा गरिव नागरिकले सामान ल्याउन सक्दैन । नून, तेल, लत्ताकपडा ल्याउनै सक्दैन् । ठूलाठूला गाडीहरुको लावालस्कर हुन्छ । म आगामी दिनमा यस’boutमा लगातार बहस गर्न चाहन्छु ।’

आजपाको उपत्यका कमिटीले आयोजना गरेको उक्त अन्तरक्रिया कार्यक्रमको सभापतित्व पार्टीका महासचिव तथा उपत्यका कमिटीका इन्चाजए त्रिभुवन साहले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य आम जनता पार्टी उपत्यका विशेष कमिटीकी अध्यक्ष देवी पण्डितले राखेकी थिईन भने कार्यक्रमको सञ्चालन पार्टीका उपमहासचिव तथा प्रवक्ता सिबी साहले गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 19 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

२७ वर्षपछि दिल्लीमा भाजपा सरकार, केजरीवाल पराजित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीमा काँग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो