२७ वर्षपछि दिल्लीमा भाजपा सरकार, केजरीवाल पराजित

नयाँदिल्ली । भारतको दिल्ली बिधान सभामा भारतीय जनता पार्टी (भाजपा) को सरकार बन्ने भएको छ । ७० सिट रहेको दिल्ली विधान सभामा बहुमतका लागि ३६ सीट चाहिन्छ । भाजपाले ४८ सिट जितेको छ भने आम आदमी पार्टी (आप) ले २२ जितेको भारतीय सञ्चारमाध्यम आजतकले उल्लेख गरेको छ ।

पछिल्लो समय लगातार दिल्लीमा अरबिन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीकाे यसपटक ४० सिट घटेको छ भने भाजपाले ४० सिट बढी जितेको छ । अन्य राजनीतिक दलले कुनै सिट जितेनन् । यो बहुमत प्राप्तसँगै २७ वर्षपछि भाजपा दिल्लीको सत्तामा फर्किएको हो ।

सन् १९९३ मा पहिलो पटक दिल्लीमा भाजपा विजयी भएको थियो । आम आदमी पार्टीले सन् २०१३, २०१५ र २०२० मा दिल्लीमा सरकार बनायो र अरविन्द केजरीवाल मुख्यमन्त्री बनेका थिए । यसअघि सन् १९९८, २००३ र २००८ मा कांग्रेसले दिल्ली विधान सभामा जितेको थियो र शीला दीक्षित मुख्यमन्त्री बनेकी थिइन् ।

गत बुधवार दिल्ली विधानसभाको निर्वाचन भएको थियो । (आप) को शासन रहेको थियो । बुधवार सम्पन्न निर्वाचनको मतगणना आज शनिवार भएको थियो ।

नयाँ दिल्लीबाट अरविन्द केजरीवाल पराजित भएका छन् । नयाँ दिल्लीबाट केजरीवाल पराजित हुँदा मनिष सिसोदिया जंगपुरा सिटबाट हारेका छन् । त्यसैगरी सौरभ भारद्वाज ग्रेटर कैलाश सिटबाट पराजित भएका छन् । राजेन्द्र नगर सिटबाट दुर्गेश पाठक पराजित भए। शकुर बस्ती सिटबाट सतेन्द्र जैन पराजित भए भने सोमनाथ भारती मालवीय नगर सीटबाट हारेका छन् । कालकाजी सिटबाट हालकी दिल्लीकी मुख्यमन्त्री आतिषी विजयी भएकी छन् । अतिशी सेप्टेम्बर २०२४ देखि दिल्लीको मुख्यमन्त्री रहेकी छिन् ।

आम आदमीको उदयलाई धेरैले आश्चर्य मानेका थिए । तीन करोडभन्दा बढी जनसङ्ख्या भएको विशाल महानगर दिल्लीमा विगत एक दशकको अधिकांश समय ‘करिस्मेटिक’ अरविन्द केजरीवाल र उनको आम आदमी पार्टी (आप) को शासन रहेको थियो ।

दिल्ली विधानसभा चुनावमा पार्टीको पराजयपछि आम आदमी पार्टीका राष्ट्रिय संयोजक केजरीवालले पहिलो प्रतिक्रिया दिएका छन् । उनले जनताको निर्णयलाई स्वीकार गर्दे भाजपालाई बधाइ दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

२७ वर्षपछि दिल्लीमा भाजपा सरकार, केजरीवाल पराजित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कांग्रेस पहिलाे पार्टी, २५२ पालिका प्रमुखमा विजयी