काठमाडौँ । जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र म्यान्मार २-२ गोलको बराबरीमा रोकिएका छन् ।
पहिलो हाफमा दुवै देशले २-२ गोल गरेपनि दोस्रो हाफमा गोल हुन सकेको थिएन । म्यान्मारका लागि मे हटेट लूले दुवै गोल गरेकी थिइन् भने नेपालका लागि सबिता राना मगर र सावित्रा भण्डारी साम्बाले एक एक गोल गरेका थिए ।
नेपालले दुवै पटक एक गोलले पछि परेको अवस्थामा कमब्याक गर्दै खेल बराबरी गरेको थियो ।
यो बराबरीपछि म्यान्मारको ३ खेलमा ७ अंक भएको छ र गोल अन्तरको आधारमा शिर्ष स्थानमा रहदै फाइनलमा पुगेको छ । त्यस्तै नेपालको पनि ३ खेलमा ७ अंक भएको छ र गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको छ ।
अब फाइनल खेल बुधबार हुने छ । त्यस्तै लेबनानले एक खेल जितेर तेस्रो हुदै बाहिरिएको छ भने किर्गिस्तानले तिनै खेलमा हार बेहोरेर बाहिरिएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 5 times, 1 visits today)
सम्बन्धित समाचार











