रङ दल्दै रमाए पर्यटक पोखरामा

पोखरा । पर्यटनको राजधानी पोखरामा विदेशी पर्यटकले फागु पूर्णिमा अर्थात् होलीमा आपसमा रङ दलेर रमाइलो गरेका छन् । विभिन्न देशबाट पोखरा घुम्न आएका पर्यटकले नेपालीको रङहरूको यो पर्वमा निकै अभिरुचिपूर्वक पर्व मनाउँदै फरक महसुस गरेको बताए ।

पोखराको प्रमुख पर्यटकीय स्थल लेकसाइडमा जम्मा भएका विदेशी पर्यटकले पञ्चेबाजाको तालमा नाचगान गर्दै आपसमा रङ दलेको दृश्य क्यामरामा कैद गरिरहेको पाइन्थ्यो ।

आन्तरिक एवं बाह्य पर्यटन प्रवर्धन गर्ने उद्देश्यले रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले विगतमा झैं यसपालि पनि होली महोत्सव गरेको थियो । नेपाली चाडपर्व र संस्कृतिको संरक्षणसहित यसलाई पर्यटन प्रवर्धनमा जोड्न रेवानले १८ वर्षदेखि महोत्सवलाई निरन्तरता दिँदै आएको छ ।

महोत्सवमा नाचगान र रङले छ्यापाछ्याप गर्दै लेकसाइड परिक्रमा गर्दा विदेशी पर्यटक निकै रमाएका देखिन्थे । उनीहरूको अनुहार रङले रंगीचंगी बन्दा आपसमा चिन्नसमेत मुस्किल थियो ।

अम्बोटमा भेला भएर पर्यटकहरू संगीतको तालमा होली खेल्दै खहरेचोकसम्म पुगे । महोत्सवमा पर्यटनसम्बद्ध विभिन्न संघसंस्था, सरकारी कार्यालयका प्रतिनिधि, स्थानीय क्लब, आमा समूहको ठूलो सहभागिता थियो ।

होली मनाउन फेवाताल किनार जम्मा भएका मानिसलाई मनोरञ्जन प्रदान गर्न विभिन्न ठाउँमा कन्सर्टसमेत आयोजना गरिएको थियो ।

प्रचार नेपाल र स्पेक्स फोर्टिन आयोजनामा कोमागाने पार्कमा होली विशेष कार्यक्रम ‘होलिल्यान्ड’ मा युवाहरू खुबै रमाए । कन्सर्टमा उनीहरू विभिन्न गीतसंगीतमा साँझैसम्म रमाएका प्रचार नेपालका सञ्चालक आशिष पुरीले बताए ।

त्यस्तै, पाल्पाली समाज पोखरा, नेपाल पत्रकार महासंघ कास्कीलगायत विभिन्न संघसंस्थाले सामूहिक रूपमा फागु पूर्णिमा पर्व मनाए ।

पहाडी तथा हिमाली क्षेत्रमा बिहीबार फागु पूर्णिमा पर्व मनाइएकामा भोलिपल्ट शुक्रबार तराई क्षेत्रमा होली मनाइनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 15 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा सशस्त्रका सई पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्वस्तिक छापको विषयमा विवाद भएपछि भरतपुरको मतगणना स्थगित