करेन्ट लागेर एक जनाको मृत्यु, एक जना घाइते

राजविराज । निजी बगैचामा लगाइएको रुखको हाँगा काट्ने क्रममा अचानक करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ । अर्का एक जना कामदार घाइते भएका छन् ।

प्रहरी निरीक्षक बिजय कार्कीका अनुसार सोमबार बिहान १० बजेतिर रुखको हाँगा काट्ने क्रममा शम्भुनाथ नगरपालिका ६ निवासी ३५ वर्षिय दिपु सदाको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ । करेन्ट लागेर अर्का कामदार सोही पालिकाको वडा नं. ७ निवासी ३० वर्षिय उपेन सदा घाइते भएका छन् । उनको स्थानीय छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ ।

रुखको हाँगा काट्ने क्रममा नजिकै रहेको विद्युतिय पोलमा टाँसेर हाइभोल्टेजको करेन्ट लागेर सो दुःखद घटना भएको प्रहरीको भनाई छ । स्थानीयवासीका अनुसार श्रवण साहको निजि बगैचामा लगाइएको रुखको हाँगा काट्ने कार्यमा खटिएका उनीहरु अचानक विद्युतिय पोलमा झुण्डिएको तारमा टाँसिन पुगेका थिए ।

मृतकको शव पोष्टमार्टमका लागि स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल पु¥याई घटना’bout थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 19 times, 1 visits today)

epaper

ताजा समाचार

नायब सुब्बासहित ६ जनाविरुद्ध पौने १० करोडको भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा