नारायणी र राप्ती नदीमा भेटिए पाँच शव

अविरल वर्षाका कारण नदीमा बढेको वहाव । तस्वीरः रासस

चितवन । जिल्लामा रहेका दुई ठूला नदीमा आज पाँच जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणी नदीमा चार जनाको र राप्ती नदीमा एक जनाको शव फेला परेको हो ।

वर्षा रोकिएर नदीको बहाव घटेसँगै किनारमा तैरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । उनका अनुसार भरतपुर महानगरपालिका–१ ठिमुरामा दुई जनाको बेवारिसे शव फेला परेको छ । तीमध्ये एक जना अन्दाजी १५ वर्षीया बालिका र अर्का ५५ वर्षीय एक पुरुष रहेको छ । ती शव सडेको अवस्थामा फेला परेका हुन् ।

त्यस्तै भरतपुर महानगरपालिका–१६ का ४० वर्षीय सानो कान्छा भन्ने कर्णबहादुर सुनारको शव आज फेला परेको छ । मङ्गलबारदेखि उनी बेपत्ता भएका थिए । उनको वडा नम्बर १६ कै झनझने भन्ने ठाउँमा शव भेटिएको हो ।

भरतपुरकै वडा नम्बर १ गैँडाचोकस्थित नारायणी किनारमा अन्दाजी ५० वर्षीया एक महिलाको शव फेला परेको छ । त्यस्तै पूर्वी चितवनको खैरहनी नगरपालिको बूढी राप्ती खोलामा बगाएर ल्याएको अन्दाजी ५० वर्षीय पुरुषको शव भेटिएको उनले जानकारी दिए । बग्दै गरेको शव देखिए पछि स्थानीयवासीको सहयोगमा प्रहरीले नदी बाहिर निकालेका थिए । एक जनाबाहेक अन्यको सनाखत हुन सकेको छैन ।

विभिन्न ठाउँमा बगाएको वा पुरेको ठाउँबाट बाढीले शव बाहिर ल्याएको हुनसक्ने अनुमान गरिएको छ । मुचुल्का गरेर शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको प्रवक्ता थापाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 219 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अख्तियार प्रमुख राई आफैंले गरेको निर्णय देखेनन्

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरको ३ पालिका र ४८ वडाको नतिजा सार्वजनिक (सूचीसहित)