प्रशासकीय अधिकृतको हाजिर नहुँदै सरुवा !

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा आठौं कार्यालय प्रमुखको रुपमा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृतले हाजिर नहुँदै सरुवा भएका छन् ।

असोज १ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना उपसचिवको सरुवा गरेकोमा विनोदकुमार खडकालाई जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाइएको थियो । यद्यपि खडकाले हाजिर नहुँदै यहाँबाट सरुवा भएका छन् ।

यता जनकपुरधाम उपमहानगरकी उपप्रमुख रीताकुमारी मिश्रले यहाँ सरुवा भएर आएका प्रमुख प्रशासकिय अधिकृत खडका हाजिर नै नभएको बताइन् । उनले भनिन्, ‘यहाँ सरुवा भएर प्रमुख प्रशासकीय अधिकृत आएको मैले जानकारी पाएको थिए तर उहाँसँग मेरो भेट पनि भएन् ।’

उपप्रमुख मिश्रले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत निमित्त प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवसँग फोनमा कुरा गरेर एक–दुई दिनमै हाजिर हुने बताए पनि हाजिर नै नभई सरुवा गराए ।’

खडका स्थानीय सरकार गठन भएको ३ वर्षमा ८ औं प्रशासकीय अधिकृतको रुपमा जनकपुरधाम उपमहानगरपालिकामा आउन लागेका थिए । यसअघि जनकपुरधाम उपमहानगरपालिकामा पछिल्लो तीन वर्षमा आठ जना प्रमुख प्रशासकीय अधिकृत फेरिई सकिएका छन् । उपमहानगरपालिकाको चुनाव ताका अर्जुन सुवेदी यहाँका प्रमुख प्रशासकीय अधिकृत थिए ।

त्यसपछि मदन घिमिरे, उमेश ढुंगाना, प्रदीप साह, सीता परियार, धर्मानन्द जोशी, गोपालप्रसाद रेग्मी र अहिले आएर विनोद कुमार खडका हाजिर नभएरै सरुवा गराएका छन् ।

जनकपुरधाम उपमहानगरमा आएका सबै प्रमुख प्रशासकीय अधिकृतहरू बढीमा ७ महिनासम्म मात्र काम गरेका छन् । उपमहानगरमा आएका प्रमुख प्रशासकीय अधिकृतहरु मध्ये कतिले काम गर्न नसकेको भन्दै सरूवा मागेर गए भने कतिलाई दवाव दिएर सरूवा गराउन लागियो ।

कोरोना समयमा जनकपुरधाम उपमहानगरमा प्रमुख प्रशासकीय अधिकृत नभएपछि यहाँ धेरै काम प्रभावित भएको छ ।अधिकांश अधिकृतको मेयर लालकिशोर साहसँग विवाद हुने गरेको छ । एकजना अधिकृतको चढने गाडीसम्म मेयरले लिई आफैं चढिरहेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 209 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अख्तियार प्रमुख राई आफैंले गरेको निर्णय देखेनन्

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लोसपा पनि चुनावी गठबन्धनतर्फ