रोयल एन्टवर्पसँग टोटेनह्याम स्तब्ध

लन्डन । युरोपा लिग फुटबलमा आर्सनल र लेस्टर सिटीले जित निकालेका छन् । गएराति आर्सनलले समूह बीको खेलमा क्लब डुनडल्कलाई तीन शुन्य गोलले पराजित गरेको हो । आर्सनलका लागि एडवर्ड निक्केया, जोसेफ विलोक र निकोलस पेपेले एक–एक गोल गरे ।

समूह जीको अर्को खेलमा लेस्टर सिटीले एइके एथेन्सलाई दुई एक गोल अन्तरले हराएको छ । लेस्टरका लागि जेमी भार्डी र हमजा चोधरीले गोल गरे । एथेन्सका लागि मुअम्बर टेन्कोविकले एक गोल फर्काए । सुरुवाती दुवै खेलमा जित निकाल्दै लेस्टर ग्रुपको शीर्ष स्थानमा छ ।

समुह जे को खेलमा टोटनह्याम रोयल एन्टवर्पसंग एक शुन्य गोल अन्तरले पराजित भएको छ । एन्टवर्पका लागि लियोर रेफेलोवले विजयी गोल गरे । समूह जेको दुई खेलबाट एन्टवर्प छ अंक जोड्दै शीर्ष स्थानमा छ । दोस्रो स्थानको टोटनह्यामको तीन अंक छ । अन्य खेलमा रेड स्टार बेलग्रेडेले स्लोभान लिबेरिक, एसी मिलानले स्पार्टा प्रागलाई हराएका छन ।

यसैगरी चेक रिपब्लिकको स्लाभिया प्रागले जर्मनीको बायर लिभरकुजेनलाई १–० ले हराउँदा पोर्चुगलको बेनिफिकाले बेल्जीयमको स्टाण्डर्ड लेइजलाई ३-० ले पराजित गर्‍यो ।

यसैगरी स्कटल्याण्डको रेन्जर्स, इटालीको नापोली र एसी मिलान, स्पेनको भियारियाल तथा जर्मनीको वुल्फवर्ग र होफेनहाइम पनि गएरातिका खेलहरुमा विजयी भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 148 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धन खुकुलोः सत्तारूढ दलमै असन्तुष्टि

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता