Tuesday, March 9, 2021
Home प्रदेश प्रदेश ३ शैक्षिक सत्र जेठसम्म लैजाने प्रस्ताव

शैक्षिक सत्र जेठसम्म लैजाने प्रस्ताव

काठमाडौं । कोभिड–१९ का कारण चालु शैक्षिक सत्र आगामी जेठ मसान्तसम्म पु-याउने तयारी थालिएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत मसान्तभित्र पाठ्यक्रम पूरा नहुने भएकाले चालु शैक्षिक सत्रलाई २०७८ जेठ मसान्तसम्म बढाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसमक्ष प्रस्ताव लगेको हो ।

बोर्डका अध्यक्ष प्राडा. चन्द्रमणि पौडेलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र परिमार्जनसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको जानकारी प्राप्त भएको बताए । उनले भने, ‘कोभिड–१९ का कारण चैतसम्म कोर्स सकिने अवस्था छैन । त्यसैकारण एसईई, कक्षा ११ र १२ को परीक्षा आगामी असारभित्र सक्ने गरी योजना बनाएका छौं ।’

उनले शैक्षिक सत्र परिमार्जनसम्बन्धी प्रस्ताव मन्त्री परिषद्मा पुगेको शिक्षा मन्त्रालयले आफूलाई जानकारी गराएको बताए । यसअघि चैतमै शैक्षिक सत्रको अन्त्य हुँदै आएको थियो । तर कोरोना महामारीका कारण विद्यालय बन्द भएको र शैक्षिक गतिविधि प्रभावित हुँदा २०७८ जेठ अन्तिमसम्ममा शैक्षिक सत्र अन्त्यको प्रस्ताव गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा माघ दोस्रो सातासम्म प्रकाशन गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष प्राडा. पौडेलका अनुसार उत्तरपुस्तिका रुजुको काम अन्तिम चरणमा पुगेकाले अबको १० दिनभित्र नतिजा सार्वजनिक गरिनेछ ।

– कक्षा १२ को नतिजा माघ दोस्रो साताभित्र
– एसईई परीक्षा जेठ अन्तिम वा असारमा

बोर्डले गत पुस दोस्रो साताभित्र परीक्षाको नतिजा सार्वजनिक गरिसक्ने घोषणा गरे पनि अझै उत्तरपुस्तिका रुजुको काम सकिएको छैन । बोर्डका अनुसार हालसम्म विवरण ‘इन्ट्री’ गराउने कार्य सकिएको छ । बोर्ड अध्यक्ष प्राडा. पौडेलले भने, ‘उत्तरपुस्तिका रुजु गर्ने कार्य सकिँदै छ । विद्यालयले उत्तरपुस्तिका परीक्षण गरेपछि सही तरिकाले अंक विवरण पठाएनन् । त्यसकारण पनि नतिजा समयमा प्रकाशन गर्नमा अप्ठेरो भएको हो ।’

बोर्डका अनुसार कक्षा १२ को परीक्षामा करिब ४ लाख ३१ हजार परीक्षार्थी सहभागी भएका थिए । बोर्डले ४० अंकको मात्र लिखित परीक्षा सञ्चालन गरेको थियो । बाँकी अंक कक्षा ११ को र आन्तरिक मूल्याकंनका आधारमा गणना गरिने बताइएको छ ।

यस्तै यस वर्षको एसईई परीक्षा आगामी असारभित्र गर्ने परीक्षा बोर्डको तयारीमा छ । कोभिड–१९ का कारण गएको वर्ष आन्तरिक मूल्यांकनमार्फत नतिजा प्रकाशन भएको थियो । बिदा कटौती र पूर्ण क्षमता तथा समयमा विद्यालय चलाएर कोर्स सक्ने योजनामा शिक्षा मन्त्रालय छ ।

कोभिड–१९ का कारण विद्यार्थीलाई सजिलो हुने गरी १ सय ५ वटा परीक्षा केन्द्र कायम गरिएको थियो । यस्तै कक्षा ११ को रजिस्ट्रेसन फाराम र कक्षा १२ को आवेदन फाराम अनलाइन विधिमार्फत छिटै खुला गर्ने बोर्डको तयारी छ । हाल देशभरका अधिकांश विद्यालयले भौतिक रूपमा सहभागी भएर पठनपाठन अघि बढाइरहेका छन् । तर यो शैक्षिक सत्रमा कक्षा ११ मा पाठ्यक्रम विवाद अदालतसम्म पुग्दा विद्यार्थी, अभिभावक र शिक्षक मारमा परेका थिए ।

(Visited 312 times, 1 visits today)
Loading comments...

आजको समाचार

धुम्बाराहीमा नेकपाको बोर्ड झिकेर नेकपा (एमाले) राखियो

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किन थालेका...

कोरोना परीक्षण केन्द्रलाई प्रभावकारी बनाऊ

कोरोना महामारी संक्रमणको परीक्षणमा बेवास्ता देखिन थालेको छ । यो राम्रो कुरा होइन् । अहिले देशभर रहेका कोरोना परीक्षण केन्द्रले परीक्षणका काममा निकै ढिलासुस्ती...

कर्णाली नदीमा हाम फालेका पाँचमध्ये आमा र छोराको पनि शव भेटियो, अझै एक जनाको बाँकी

दैलेख । चार सन्तानसिहत कर्णाली नदीमा हाम फालेकी दैलेखको आठबीस नगरपालिका–३ निमायलकी सुकी बडुवालको शव भेटिएको छ। मंगलबार करिब १२ बजेतिर सुकी र उनका...

विप्लवको प्रश्नः क्यान्टोन्मेन्टको १९ अर्ब खै ?

काठमाडौं । केही दिनअघि मात्रै प्रतिबन्ध फुकुवा भएको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले तत्कालीन माओवादी नेतृत्वले लडाकु शिविर (क्यान्टोन्मेन्ट) व्यवस्थापनका नाममा अर्बांै रुपैयाँ अनियमितता...

कस्तो बन्दै छ सरकारको नयाँ नीति तथा कार्यक्रम ?

कामठमाडौं । सरकारका सचिवले आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयबारे गम्भीर छलफल थालेका छन् । मुख्य सचिव शंकरदास वैरागीले शुक्रबार सचिवको...

साताका लोकप्रिय समाचार

दोस्रो चरणको खोप यी १५ अस्पतालबाट लगाउन सकिन्छ

काठमाडौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५...

अधिकांश प्रयोगशालाबाट हुनै छाड्यो कोरोना परीक्षण

काठमाडौं । देशभर रहेका अधिकांश प्रयोगशालाबाट कोरोना परीक्षण हुनै छाडेको छ । कोरोना भाइरस परीक्षण गर्न तोकिएका ८३ प्रयोगशालामध्ये पछिल्लो २४ घण्टामा ३८ प्रयोगशालाबाट...

मिस्टर एन्ड मिस रौनियारका प्रतियोगीको प्रतिभा प्रस्तुति

काठमाडौं । दोस्रो संस्करणको मिस्टर एन्ड मिस रौनियार २०२१ का प्रतियोगी यतिबेला विभिन्न अभ्यासमा छन् । यसै क्रममा उनीहरूले शनिबार बेलुका ट्यालेन्ट सोअन्तर्गत आफ्नो...

नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

महेन्द्रनगर । लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी...

ओली समूहको संसदीय दलको बैठकमा वामदेव गौतम नजाने

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरे पनि उपाध्यक्ष बामदेव गौतम ओली समूहको संसदीय दलको बैठकमा नजाने भएका...

ट्रेन्डिङ

प्रियंका चोपडा भारतिय किसान आन्दोलनको पक्षमा

मुम्बई । बलिउड नायिका प्रियंका चोपडाले भारतमा भइरहेको किसानहरुको आन्दोलनमा समर्थन जनाएकी छिन् । उनले ट्विटरमा लेखेकी छिन् ‘किसानहरु हाम्रा लागि सैनिक हुन् ।...

अमेरिकी राष्ट्रपतिमा बाइडेनको विजयले पर्यावरण जोगाउन नयाँ उत्साह

काठमाडौँ । अमेरिकाको राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका जो बाइडेनले विजय हासिल गरेसँगै विश्वको राजनीतिक क्षेत्रमा मात्र होइन, वातावरणका क्षेत्रमा ठूलै तरङ्ग ल्याएको छ ।...

सुन्दर यातायातले पुरानै भाडामा यात्रु चढाउने, मास्क पनि दिने

काठमाडौं । सुन्दर यातायात प्रालिले मंगलवारदेखी आफ्नो सेवा सुचारु गर्ने भएको छ । कोरोना संक्रमण सुरु हुनु अगाबै सवै यात्रुको ज्वरो परिक्षण गरेर यात्रु चढाउने...

कांग्रेसले संसद अवरोध नगर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरोध नगर्ने भएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले आजदेखि संसद अवरुद्ध...

अर्थ मन्त्रालयद्वारा सर्वोच्चको आदेशमा भ्याकेट दर्ता

काठमाडौं । सर्वोच्चले जारी गरेको अन्तरिम आदेश खारेज हुनुपर्ने माग गर्दै अर्थ मन्त्रालय र आन्तरिक राजस्व कार्यालयले शुक्रबार भ्याकेटको निवेदन दर्ता गराएका छन् ।...

सिरहा कारागारका १४८ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि

सिरहा । सिरहा कारागारका १ सय ४८ कैदीबन्दीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत भदौ २५ मा २ सय ४६ जनाको स्वाब संकलन...

समृद्धिको यात्रामा अवरोध गर्नेलाई परास्त गरेर अघि बढ्छौँ : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिको यात्रामा अवरोध पु-याउनेलाई परास्त गर्दै अघि बढ्ने अठोट व्यक्त गरेका छन् । विकास निर्माण, वैदेशिक लगानीजस्ता...

अमेरिकामा एक करोड ६८ लाखकाे जागिर गुम्याे

न्यूयोर्क । कोरोनाभाइरस महामारीका कारण उद्योग व्यवसाय बन्द भएपछि संयुक्तराज्य अमेरिकामा रोजगारी गुमाउनेको संख्या एक करोड ६८ लाख पुगेको छ । विश्व अर्थतन्त्रलाई...

रियल मड्रिडका खेलाडी क्वारेन्टाइनमा

स्पेन । कोरोना भाइरसको प्रभाव विश्व खेलकुदमा समेत परेको छ । पछिल्लो समय स्पेनको ला लिगाको खेलसमेत कोरोना भाइरसका कारण प्रभावित हुन पुगेको छ...

वाइडबडी काण्डमा बिनापूर्वाग्रह कारबाही गरौं :  माधव नेपाल

काठमाडौं  । सतारूढ नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वाइडबडी जहाज खरिदमा भएको भ्रष्टाचारमा संलग्नमाथि बिनापूर्वाग्रह कारबाही गर्नुपर्ने बताएका छन् । संघीय संसद्, प्रतिनिधिसभाअन्तर्गतको...

माछाखोला जलविद्युत आयोजनामा वाणिज्य बैंकले लगानी गर्ने

काठमाडौं । विकास हाइड्रोपावर कम्पनी द्वारा प्रवद्र्धित अप्पर माछाखोला जलविद्युत आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने भएको छ । विकास हाइड्रोपावर कम्पनी र बैंकबीच...

राहतभन्दा महत्वाकांक्षी परियोजना अघि बढाइने

काठमाडौं । मुलुकको अर्थतन्त्रलाई उकास्न तत्कालीन राहत उपलब्ध गराउने कार्यक्रमभन्दा दीर्घकालीन र महत्वाकांक्षी परियोजना अघि बढाउने गरी सरकारले नीति तथा कार्यक्रम ल्याएको छ ।...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

धेरै पढिएका

छुटाउनुभयो कि?

(Visited 111 times, 1 visits today)