विन्दु परियारकाे अभिनयमा डेब्यु

 

काठमाडाैं ।  आधुनिकदेखि पार्श्व गायनमा आफूलाई अब्बल सावित गरेकी गायिका विन्दु परियारको स्वरमा रहेको नयाँ गीत ‘तिम्रै हुन पाउँ’ सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा कमल खत्रीको शब्‍द तथा संगीत रहेको छ । उदयराज पौडेलले एरेन्ज गरेको गीतको मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन् ।

सार्वजनिक गीतको भिडियोमा पनि विन्दु आफैँ फिचर भएकी छिन् । यसै भिडियोबाट विन्‍दुले अभिनयमा डेब्यु गरेकी हुन् । भिडियोमा उनलाई प्रेमिल शैलीमा प्रस्तुत गरिएको छ ।

शान थापाको निर्देशनमा बनेको भिडियोलाई अर्जुन तिवारीले खिचेका छन् । राजिव समरको करियोग्राफी रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । भिडियो विन्दु परियारकै अफिसियल युट्युब च्‍यानलबाट सार्वजनिक गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 272 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अख्तियार प्रमुख राई आफैंले गरेको निर्णय देखेनन्

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रधानमन्त्री देउवाले गरे मतदान