राजेन्द्र लिङ्देनको चुनावी प्रचारमा विक्रम पाण्डे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता विक्रम पाण्डे राजेन्द्र लिङ्देन समूहमा खुलेका छन् । राप्रपा महाधिवेशनमा पूर्वमन्त्री पाण्डेलाई कमल थापा र लिङ्देन दुवै समूहले आफ्नो प्यानलमा राखेका थिए ।

तर, पाण्डे लिङ्देन समूहमा खुलेका हुन् । राप्रपामा चार उपाध्यक्ष रहने व्यवस्था छ । पाण्डेलाई लिङ्देन समूहले उपाध्यक्षमा राखेको छ । उता थापा समूहले पनि उनलाई आफ्नो उपाध्यक्षमा राखेको थियो ।

पाण्डे राप्रपाका प्रभावशाली नेता मानिन्छन् । पाण्डे अन्तिम समयमा लिङ्देनको र्‍यालीमा सहभागी भएर थापासँग आफू नभएको सन्देश प्रवाह गरेका हुन् ।

मनोनयनको प्रारम्भिक नामावली आउन भने बाँकी छ । त्यसमा दाबी विरोध भई अन्तिम नामावली आएपछि पाण्डे कुन प्यानलबाट चुनाव लड्नेछन् भन्ने खुल्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 465 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

ओली–नेपाललाई कांग्रेसको ‘प्रधानमन्त्री अफर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तह निर्वाचन: चार गुणा बढी उम्मेदवारी