लापर्बाही नगरौं

ओमिक्रोनको संक्रामक महामारी पछिल्लो समयमा केही साम्य भएको जस्तो देखिए पनि संक्रमित हुनेको संख्या, अस्पताल धाउनेको भीड र मृत्यु हुनेको संख्यामा भने उल्लेख्य कमी आउन सकेको छैन । यसले ओमिक्रोनको असरमा भनेको जस्तो कमी आउन नसकिरहेको यथार्थलाई सतहमा ल्याइदिएको छ । त्यसैले साम्य भयो भनेर मख्ख पर्ने अवस्था छैन ।

कोरोना भाइरस संक्रमण हुने प्रक्रियामा पनि सोचेको झैं कमी आउन सकिरहेको छैन । नमुना परीक्षण गरिएका १ सय जनामा १२ देखि १३ प्रतिशतसम्म संक्रमित भेटिएका छन् । संक्रमितको यो संख्या विश्व स्वास्थ्य संगठनको परिभाषामा जोखिमपूर्ण नै हो । त्यसैले पनि नेपाल कोरोना संक्रमणका हिसाबले आजका दिनसम्म जोखिमपूर्ण अवस्थामा नै रहिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि यसलाई गम्भीरताका साथ लिएको छ । त्यसैले पनि दैनिक गरिने नमुना परीक्षणमा १० हजारभन्दा कम संख्या घटाइएको छैन । दैनिक सरदर १२ जनासम्मले ज्यान गुमाइरहेकाले यसको जोखिमलाई कम आँकलन नमिल्ने जनस्वास्थ्यविद्हरूले बताइरहेका छन् । अग्रमोर्चामा खटेका चिकित्सक तथा सहयोगीहरू अहिले पनि संक्रमण भइरहेकाले ओमिक्रोन संक्रमणको दरमा केही कमी देखिए पनि यसको संक्रामकतामा कमी भने आएको छैन । त्यसैले पनि सुरक्षाका मापदण्ड अपनाउने विषयमा कसैले पनि लापर्बाही गर्नुहँुदैन । सबै सर्वसाधारणले बाहिर निस्कँदा सबै प्रकारको सुरक्षा मापदण्ड अवलम्बन गर्न जरुरी छ ।

नेपालीहरूको जीविकोपार्जनमुखी आर्थिक जीवनलाई ख्याल गरेर सरकारले हाल स्मार्ट लकडाउनको घोषणा र कार्यान्वयन गरे पनि कतिपयले खुला अवस्थामा रहेको र कोरोना महामारी संक्रमण भनेको सामान्यजस्तै भइसकेको महसुस गर्न थालेपछि यसले थप चिन्ता निम्त्याएको छ । सडकमा अनावश्यक भीड देखिन थालेको छ । सार्वजनिक सवारीसाधनहरूमा निकै भीडभाड देखा परिरहेको छ । कसैकसैले त मास्कसमेत नलगाएको पनि देखिन थालेको छ । यसले गर्दा अरूलाई पनि संक्रमणको अवस्थामा धकेल्न सक्ने आशंका खडा भइरहेको छ । लापर्बाही पनि देखिन थालेको छ । बाटामा प्रहरी देखेपछि मास्क लगाउने तर नदेख्दाको समयमामुख नछोपेर हिँड्ने गरिरहेको देखिएको छ । कतिपयले त मास्क नै नलगाएर हिँडिरहेका छन् । सेनिटाइजरको प्रयोगमा निकै कमी आइसकेको छ । सार्वजनिक सवारीसाधनमा सेनिटाइजर देख्न पाइँदैन । व्यक्तिहरूले पनि आफ्नो स्वास्थ्यका लागि भए पनि सेनिटाइजरको प्रयोग गरिएको देखिँदैन । दूरी कायमको व्यवस्थापन अहिले पनि कायम हुन सकेको छैन । यसरी सर्वसाधारणले गर्ने लापार्बाहीका कारण फेरि पनि स्थिति भयावह हुन सक्ने भएकाले त्यस्तो स्थिति आउन नदिन सबै पक्ष संवेदनशील र सचेत बन्न जरुरी छ ।

धेरैले खोप लिए पनि खोप लिएकालाई पनि महामारीले फेरि सताउन सक्छ भन्ने कुरा बिर्संदै गइरहेको देखिएको छ । खोप कार्डको अनिवार्यतामा पनि कमी आउँदै गइरहेको छ । कडाइ हुन छाडेपछि लापर्बाहीमा वृद्धि हुन गएको छ । चेक एन्ड ब्यालेन्सको अवस्था छैन । कतिपयलाई त खोप लगाइसकेपछि महामारीले फेरि भेट्दैन भन्ने भ्रम पनि छ । यसले पनि स्वास्थ्य मापदण्डलाई गोलमाल बनाउन थालेको छ । त्यसैले हरेकले आआफ्नो स्वास्थ्यमा निकै ख्याल पु¥याउनु जरुरी छ । यसका लागि अनायासै भइरहेको लापर्बाहीमा सुधार ल्याउनु जरुरी छ ।

तपाइको प्रतिक्रिया
(Visited 358 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धन खुकुलोः सत्तारूढ दलमै असन्तुष्टि

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुमानसिंह अर्याल : जनपक्षिय उम्मेदवारदेखि मेयरसम्म