तुलसीपुरमा जुत्ता चप्पल गाेदाममा आगलागी हुँदा ५ जनाकाे जलेर मृत्यु

सांकेतिक तस्वीर

दाङ । दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलकाे गाेदाममा आगलागी हुँदा ५ जनाकाे मृत्यु भएकाे छ ।

बिहीबार राति करिब पौने २ बजे आगलागी हुँदा मानवीय क्षति भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसी श्यामु अर्यालले जानकारी दिए ।

चार पुरुष र एक बालिकाकाे शव फेला परेकाे उनले बताए । चार तले भवनमा आगलागी भएकाे हाे । राति लागेकाे आगाे तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयबासीले बिहान नियन्त्रणमा लिएका थिए ।

विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीकाे आँकलन छ ।

तपाइको प्रतिक्रिया
(Visited 353 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा संकटको चर्चाबीच दाहाल–ओली दुई घण्टा भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको ६० प्रतिशत मतगणना, मेयरमा समाजवादी अग्रस्थानमै