चीन–नेपाल रेलवे परियोजनादेखि नेपालबाट चीन घाँस निर्यातसम्म सम्झाैता

चिनियाँ विदेशमन्त्री वाङ भ्रमणको दोस्रो दिन
नेपाल र चीनबीच ९ बुँदे सम्झौतापत्रमा हस्ताक्षर


काठमाडौं । नेपालका लागि तीनदिने औपचारिक भ्रमणमा आएका चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङले भ्रमणको दोस्रो दिन प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खड्काको नेतृत्वमा भएको भेटघाटमा ९ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

विदेशमन्त्री वाङले प्रधानमन्त्री देउवासँग भेटघाटका क्रममा चीनको आर्थिक सहयोगमा निर्माण भएको पोखरा विमानस्थलको साँचो हस्तान्तरण गरेका थिए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार अहिलेसम्म विमानस्थलको ९३ प्रतिशत काम सकिएको छ । उनका अनुसार विमानस्थल निर्माणको बाँकी रहेको सात प्रतिशत काममा डेकोरेसन, फिनिसिङलगायतका काम रहेको छ । भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध विस्तारलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । चिनियाँ विदेशमन्त्री वाङले प्रधानमन्त्री शेरबहादुर देउवासँग करिब १ घण्टा कुराकानी गरेका थिए ।

सिंहदरबारमा परराष्ट्रमन्त्री नारायण खड्का र नेपाली प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्तापछि विदेशमन्त्री वाङ प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् । भेटका क्रममा चीनसँग ९ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

नेपाल र चीनबीच रेलमार्गको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता योजनामा हस्ताक्षर भएको छ । अर्थसचिव मधु मरासिनी र चिनियाँ राजदूत हाउ यांछीले यीबीच सहमति पत्रमा हस्ताक्ष्र भएको हो । साथै चीनले नेपाललाई दिँदै आएको वार्षिक अनुदान राशी बढाएर १५ अर्ब रुपैयाँ पु-याएको छ ।

नेपाल र चीनबीच भएका ९ बुँदे समझदारी :
१. आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी
२. नेपालमा चीन–नेपाल अन्तरदेशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता योजना
३. नेपाल–चीन पावर ग्रिड इन्टरकनेक्सन सम्भाव्यता अध्ययनका लागि सहयोग सम्झौता
४. सुरक्षित रूपमा स्वस्थ घाँस नेपालबाट चीन निर्यात गर्नेसम्बन्धी समझदारी
५. चीनमा आयातित ९८ प्रतिशत वस्तुका लागि शुल्कमुक्त कारोबारको विनिमयपत्र
६. अरनिको राजमार्ग (तेस्रो चरण) मर्मतसम्भार परियोजना हस्तान्तरणको प्रमाणपत्र
७. रेलवे क्षेत्रमा सहयोग अभिवृद्धिसम्बन्धी सातौं बैठकको दस्तावेज
८. कोभिड–१९ चीन सहायताअन्तर्गत नेपाललाई (पाँचौं र छैटौं खेपमा ४० लाख सिनोभ्याक खोप) खोप आपूर्ति र स्वीकृतिको प्रमाणपत्र
९. चितवनस्थित बीपी कोइराला क्यान्सर अस्पतालमा सेवा गर्न चिनियाँ चिकित्सक टोली पठाउनेसम्बन्धी समझदारी

चीन र नेपालबीच ऊर्जा आदानप्रदान गर्न ४ सय केबी प्रसारण लाइन बनाउने’bout सम्भाव्यता अध्ययन गर्ने अर्को सहमति भएको छ । सो सहमतिमा ऊर्जा सचिव देवेन्द्र कार्की र चिनियाँ राजदूत यांछीले हस्ताक्षर गरेका थिए । सो सहमितपछि अब नेपाल र चीनबीच १ सय ४९ किलोमिटर लामो प्रशारण लाइन बनाउन सम्भाव्यता अध्ययन हुनेछ । यसअघि सो सम्झौतापत्रमा हस्ताक्षर भए पनि दुई वर्ष बित्दा पनि कार्यान्वयनमा आउन सकेको थिएन । सम्झौता कार्यान्वयनमा आउन नसकेपछि परिमार्जन गरेर नयाँ सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
नेपाल र चीनबीच घाँस निर्यातको सुरक्षा र स्वास्थ्य मापदण्ड’bout अर्को सहमति भएको छ । उक्त सहमतिमा कृषि सचिव निरु दाहाल पाण्डे र चिनियाँ राजदूत यांछीले हस्ताक्षर गरेका थिए ।

नेपालमा उत्पादन भएका वस्तुमा भन्सार छुटको अर्को सहमति भएको छ । वाणिज्य सचिव गणेशप्रसाद पाण्डे र चिनियाँ सहायक वाणिज्यमन्त्री सेन क्विपिङले उक्त सहमतिमा हस्ताक्षर गरेका थिए । अरनिको राजमार्गको दीर्घकालीन मर्मत परियोजनाको तेस्रो चरण’bout अर्को सहमति भएको छ । सहमतिमा भौतिक पूर्वाधार तथा यातायात सचिव रवीन्द्रनाथ श्रेष्ठ र चिनियाँ सहायक वाणिज्यमन्त्री सेन क्विपिङले उक्त सहमतिमा हस्ताक्षर गरेका थिए ।

भौतिक पूर्वाधार मन्त्रालय र चिनियाँ राष्ट्रिय रेल विभागबीच द्विदेशीय रेलसम्बन्धी सहयोग’bout भएको सातौं बैठकको माइन्युट पनि हस्ताक्षर भएको छ । साथै स्वास्थ्य सचिव रोशन पोखरेल र चिनियाँ सहायक वाणिज्यमन्त्री सेन क्विपिङबीच हस्ताक्षर भएको अर्को सहमतिमा चीनले नेपाललाई दिएको ४० लाख कोरोना भ्याक्सिन’bout उल्लेख छ । त्यस्तै, बीपी कोइराला क्यान्सर प्रतिष्ठानमा चिनियाँ विशेषज्ञ मेडिकल टिम पठाउने सहमतिमा पनि हस्ताक्षर भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 357 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अशोक राईको नेतृत्वमा जसपा नेपाल विभाजन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ग्रामिण वस्तीहरुमा स्मार्ट भिलेजको अवधारणा कार्यान्वयन गर्छु : अधिकारी