काठमाडौं महानगरको ८०.२४ प्रतिशत मतगणना सकियो, कसले कति पायो ?

काठमाडौं । निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार काठमाडौं महानगरपालिकामा खसेको मतमध्ये ८०.२४ प्रतिशत गणना भइसकेको छ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा १ लाख ९१ हजार ५१ मत खसेको थियो ।

खसेको मतमध्ये हालसम्म १ लाख ५३ हजार ३०० मतगणना गरिसकिएको छ । यो भनेको खसेको कूल मतको ८०.२४ प्रतिशत हो । अब ३७ हजार ७५१ मतगणना गर्न बाँकी रहेको छ । आयोगका अनुसार हालसम्म भएको मतगणना अनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजार ७५० मत प्राप्त गर्दै सुरुदेखिको अग्रता कायम राखेका छन् । यो भनेको मतगणना भएकोमध्ये ३३ प्रतिशत मत हो ।

काठमाडौं महानगरपालिकामा दोस्रो ठूलो मत नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले पाएकी छन् । उनले हालसम्म ३१ हजार ७३१ मत प्राप्त गरेकी छन् । उनले गणना भएकोमध्ये २१ प्रतिशत मत प्राप्त गरेकी छन् ।

नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३१ हजार ४४ मत प्राप्त गरेका छन् । मतगणना भएकोमध्ये २० मत स्थापितले पाएका छन् । काठमाडौं महानगरको प्रमुखमा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायामीले ८ हजार ९८२ मत प्राप्त गरेका छन् । उनले गणना भएकोमध्ये ६ प्रतिशत मत पाएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 579 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दशरथचन्द नगरपालिका ११को वडाअध्यक्षमा एमालेका पन्त विजयी, ३ वडाको मतपरिणाम सार्वजनिक