वर्षाका कारण विद्युत् र यातायात सेवा अवरुद्ध

गुल्मी । झन्डै साता दिनदेखिको वर्षाले गुल्मीका विभिन्न ठाउँमा विद्युत् र यातायात सेवा अवरुद्ध बनेको छ । सदरमुकाम तम्घासलगायत जिल्लाका मदाने, मालिका, धुर्कोट, मुसिकोट, चन्द्रकोटलगायतका पालिकामा विद्युत् सेवा अवरुद्ध बनेको हो ।

सदरमुकाम तम्घासकै रेसुंगा नगरपालिकाको कार्यालयनजिकै रहेको ट्रान्सफर्मर पहिरोले पुरेको थियो । जसका कारण तम्घासका साथसाथै जिल्लाका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध थियो । त्यस्तै, शान्तिपुरमा बिजुलीको पोल बगाएको कारण उक्त क्षेत्रमा पनि विद्युत् सेवा बन्द रहेको छ ।

गत शनिबार साँझसम्म तम्घासको ट्रान्सफर्मर फेरेर तम्घासलगायत इस्मा गाउँपालिकासम्म विद्युत् सुचारु गरिएको थियो भने अझै पनि मालिका, मदाने, धुर्कोट र मुसिकोटको केही भाग एवं चन्द्रकोटमा विद्युत् सेवा अवरुद्ध रहेको नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख ईश्वरकुमार श्रेष्ठले जानकारी दिए ।

सो ठाउँमा टेलिकमको सेवा पनि अवरुद्ध भई सम्पर्क विच्छेद भएको छ भने इन्टरनेट सुविधा पनि बन्द भएको छ । विद्युत्कै कारण जिल्ला सदरमुकाम तम्घासबाट सञ्चालन हुने अधिकांश सञ्चार माध्यम बन्द भएका छन् ।

सडकको कारण पनि गाउँगाउँको सम्बन्ध विच्छेद भएको छ । अहिले कालिगण्डकी करिडोर, रिडी–रुद्रवेणीलगायतका मुख्य सडक पनि बन्द छन् भने कैयौं भित्री शाखा सडक पनि पहिरो गएकाले बन्द अवस्थामा रहेका छन् । मदन भण्डारी राजमार्गअन्तर्गत हुलाके खोला र रोदी खोलामा पानीको बहाव बढेका कारण सो सडक पनि तीन दिन बन्द अवस्थामा रह्यो ।

अहिले वर्षा रोकिएसँगै खोलामा पानीको बहाव कम भएर आवात–जावतमा सहजता आएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिए । वर्षा कम भएकाले अवरुद्ध मुख्य सडक केही दिनमा सुचारु गरिने सम्बन्धित पालिकाले जनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 170 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सहमति

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उदयपुरका चार गाउँपालिकामा गठबन्धनको जित (सूचीसहित)