राजनीतिक स्थायित्व कायम भयो, अब विकास र समृद्धिमा ध्यान दिनुपर्छ : राष्ट्रपति


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको राजनीतिक स्थायित्व कायम भइसकेकाले अब विकास र समृद्धिमा ध्यान दिनुपर्ने बताएकी छन् ।

शुक्रबार संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले देशको राजनीतिक स्थायित्व कायम भएको बताउँदै अब देशको विकास, समृद्धि र जनताको खुसीका लागि काम गर्नुपर्नेमा जोड दिएकी छन् ।

देशको राजनीतिले गति र लय समातिसकेको भन्दै उनले देशेको विकास र समृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।

संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनको क्रममा देशको राजनीतिले स्थायित्व पाएको बताउँदै राष्ट्रपति भण्डारीले संघीय लोकतन्त्रको आधारमा स्तम्भ संस्थागत भएका बताइन् ।

स्वतन्त्र र समृद्ध अर्थतन्त्र विकास गर्ने राज्यका सबै अंगहरु परिचालित हुनुपर्ने बताउँदै राष्ट्रपति भण्डारीले देशको आर्थिक अवस्था जटिल रहेकोप्रति चिन्ता व्यक्त गरिन् ।

तपाइको प्रतिक्रिया
(Visited 162 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः अध्यक्ष ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको मुसहरनियाको अध्यक्षमा जसपाका जयकुमार यादव निर्वाचित