बिजुली पसलमा आगलागीले १ करोड बढीको क्षति

पोखरा । पोखराको एक बिजुली पसलको गोदाममा बुधबार राति आगलागी हुँदा करिब १ करोड बढीको क्षति भएको छ ।

पोखरा १०, शान्तिपथस्थित सांग्रिला सप्लायर्स बिजुली पसलको गोदाममा बुधबार राति करिब साढे १० बजे आगलागी भएको हो । आगालागी भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयसँगै दमकल, नेपाल प्रहरी र कालिका गण मालेपाटनबाट सशस्त्र प्रहरी निरीक्षक विश्वराज त्रिपाठी कमाण्डको टोलीले आगो राति सवा ११ बजे नियन्त्रणमा लिएको थियो ।

स्थानीय लोकबहादुर थापाको घरमा चाउथेका ध्रुव मरासिनीले ३ वर्षदेखि पसल संचालन गर्दै आएका थिए । आगलागीमा बिजुलीका सामान जलेर करिब १ करोड रुपैयाँ बराबरको क्षति भएको मरासिनी परिवारले जनाएको छ ।

आगो के कति कारणले लाग्यो भन्ने खुलेको छैन । तर, प्रहरीको प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भई आगलागी भएको अनुमान छ ।

पोखरा र आसपास क्षेत्रका वनजंगलमा समेत दिनहुँजसो आगलागीका घटना हुने गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसदमा धकेलाधकेल : मुठभेडमा कांग्रेस–एमाले

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्लाकाे तातोपानी १ वडाध्यक्षमा काँग्रेसका कठायत विजयी