बहाव हेर्ने एक जोडीलाई थाइल्यान्ड यात्रा अबसर

काठमाडौं । चलचित्र ‘बहाव’ यही २४ चैतबाट देशव्यापी रिलिज हुँदैछ । पत्रकार श्रीधर पौडेलले यो चलचित्र निर्माण गरेका हुन् । यो चलचित्रको टिकट काट्ने मध्य गोलाप्रथाबाट एक जोडीले थाइल्याण्ड भ्रमण गर्न पाउने निर्माता पौडेलले सञ्चारकर्मीलाई बताएका छन् ।

पौडेलले यो पुरस्कार’bout भने,‘थाईल्यान्डको भ्रमण जित्नको लागि बहाव चलचित्रको टिकट खल्ती एप मार्फत काट्नुपर्ने छ र त्यो टिकटबाट हाम्रो फिल्म हेर्ने मध्य एक जोडीले एमडी होलिडेजको तर्फबाट थाइल्यान्डको टुर प्याकेज जित्ने छन् ।’

विजेतालाई दुईतर्फी हवाई भाडा र तीनतारे होटलमा बसाइसहितको चार रात, पाँच दिनको टुर प्याकेज समावेश गरिएको पनि पौडेलले बतएका छन् । बहाव फिल्मका मार्केटिङ हेड सुदीप दवाडीले बिजेता छनोट फिल्म प्रदर्शन सकिएको दुई हप्ता पछि खल्तीको अफिसियल पेज मार्फत ‘लक्की ड्र’मार्फत् गरिने बताएका छन् । दर्शकलाई फिल्मबाट मनोरञ्जनासँगै बैदेशिक यात्राको अबसर पनि आफुहरुले यसपटक दिलाउन लागेको पनि उनको कथन छ ।

चलचित्र बहाव समसामयिक कथामा आधारित चलचित्र रहेको पनि निर्माता पौडेलले बताएका छन् । अभिनेत्री सुरक्षा पन्तले पनि आफुले केही फरक भूमिका यो चलचित्रमा निर्वाह गरेको बताएकी छिन् । सुरक्षासँगै कमलमणि नेपालको यो चलचित्रमा मुख्य भूमिका छ । २४ चैतबाटै अर्को चलचित्र प्रसाद २ पनि रिलिज हुँदैछ । तर प्रसाद २ र बहावको कथा प्रस्तुति देखि विषयबस्तु नै फरक भएकाले आफुहरुको चलचित्रलाई दर्शकले हेर्ने कथन अभिनेत्री सुरक्षाको छ ।

तपाइको प्रतिक्रिया
(Visited 152 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गिरिबन्धु टि–इस्टेट प्रकरणः दीपक मल्होत्राको योजनामा केपी ओलीसहितले गरेका थिए नीतिगत भ्रष्टाचार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धरान उपहानगर मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित