उद्योग विभागकी शाखा अधिकृत घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग विभाग त्रिपुरेश्वरका शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दिपा थापाविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेको छ ।

सेवा ग्राहीसँग घुस–रिसवत लिई भ्रष्टाचार गरेको आरोमा शाखा अधिकृत घिमिरे र कार्यालय सहयोगी थापाविरुद्ध आज विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

कम्पनीको ट्रेडमार्क दिन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस-रिसवत लिएको अख्तियारको ठहर छ ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार शाखा अधिकृत घिमिरे र कार्यालय सहयोगी थापाले आपसी मिलेमतो तथा योजनामा व्यापार चिन्ह (ट्रेडमार्) दर्ता गरी ट्रेडमार्क दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस-रिसवत बापतको बाह्र हजार रुपैयाँ माग गरी लिएको पुष्टि हुन आएकोले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा निजहरूलाई बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिई आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 343 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सहमति

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुमानसिंह अर्याल : जनपक्षिय उम्मेदवारदेखि मेयरसम्म