अन्तराष्ट्रिय सम्बन्धलाई स्थिरता दिइदैछः परराष्ट्र मन्त्री साउद

नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्ना भनाई राख्दै परराष्ट्र मन्त्री साउद । तस्बिरः सम्झना पाण्डेय ।

डडेल्धुरा । परराष्ट्रमन्त्री एनपी साउँदले सरकारले तरल रहेको परराष्ट्र नीतिलाई स्थिरता दिने प्रयत्न गरिरहेको बताएका छन । नेपाली काँग्रेस डडेल्धुराको जिल्ला सम्मेलनलाई सम्बोधन गर्न डडेल्धुरा पुगेका मन्त्री साउदले नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले शनिबार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अन्तराष्ट्रिय सम्बन्धलाई स्थिरता दिने प्रयास भइरहेको बताएका हुन ।

‘तरल रहेको परराष्ट्र नीति तथा अन्तराष्ट्रिय सम्बन्धलाई हामीले अहिले स्थिरता दिने प्रयत्न गरिरहेका छौं । उनले भने, हाम्रो परराष्ट्र नीतिको सम्बन्धमा हामीले संयुक्त राष्ट्र संघको बडापत्रमा उल्लेखित मूल्य र मान्यताहरूलाई सम्मान गर्छाैं ।’ ‘त्यसलाई हामी व्यवहारमा पनि लागू गर्न चाहन्छौं, संसारमा हुने सैन्य द्वन्द्व वा सैन्य गठबन्धनमा हामी समेल हुँदैनौं । तर संसारमा हुने घटनामा हामी तटस्थ बस्छौं, बोल्न सक्दैनौं हाम्रो विचार नै छैन भन्ने चाहिँ होइन ।’

उनले संसारमा हुने घटनालाई नेपालले स्वतन्त्र राष्ट्रको रूपमा निश्पक्ष किसिमले हेरिरहेको बताए । कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतनेपालको भूमी भारतसँग सीमा जोडिएका क्षेत्रका ’boutमा पनि सरकार गम्भीर रहेको उनको भनाइ थियो । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पनि यी विषयमा कुराकानी भएको र भारत पनि सीमा समस्या समाधानमा सकारात्मक रहेको मन्त्री साउदले बताए ।

‘कालापानीलगायत देशभरका अन्य सीमाका ’boutमा भारतीय पक्षले दिनुपर्ने रेस्पोन्स हामीले कुटनीतिक रूपमा प्राप्त गर्नुपथ्र्यो त्यो विगतमा गर्न सकिएको थिएन,’ उनले भने, ‘भारतीय प्रधानमन्त्रीले सीमासँग सम्बन्धित समस्या वा विवादहरू वार्तामार्फत सामाधान गर्नुपर्छ भनेर बोल्नु भएको छ । त्यसलै सीमासम्बन्धी समस्याले निकास पाउँछ ।’

यसका साथै परराष्ट्रमन्त्री साउदले अहिलेको सत्ता गठबन्धन नभत्किने प्रष्ट पारे । बाहिर हल्लाअनुसार एमालेसँग मिल्ने कुनै सम्भावना नरहेको उनको दाबी छ । ‘नेपाली कांग्रेसलाई पुस १० गतेको घटना हेक्का रहेकै छ । हामीले इतिहासबाट पाठ सिक्नुपर्छ त्यसकारण अहिले एमालेसँग नेपाली कांग्रेसको संयुक्त सरकार बन्ने कुनैपनि सम्भावना रहेको छैन’ उनले भने ।

उनले प्रतिपक्षका मागलाई सरकारले अधिकतम सम्बोधन गर्ने प्रयास गरिरहेको बताऐ । उनले डडेल्धुराको परशुरामको शीर्ष र बैतडीको झुलाघाटमा निर्माण हुने पक्की पुलको काम ६ महिनाभित्र सुरु हुने जानकारी दिए ।

मन्त्री साउदले भारतले नेपालको भू–भाग डुबान हुनेगरि महाकाली नदिमा निर्माण गरिरहेको संरचनाका ’boutमा पनि भारत सरकारलाई जानकारी गरएको र नदीको प्राकृतिक बहावलाई मोड्न नमिल्नेमा एकबद्ध रहेको उल्लेख गरे । साथै उनले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरका सीमावर्ती क्षेत्रका नागरिकलाई दिइरहेको दुःखका ’boutमा पनि भारतीय पक्षलाई जानकारी गराएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 107 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सहमति

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दार्चुलाको महाकालीमा एमाले र नौगाडमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित