राष्ट्रिय संगीतकर्मी संघको महाधिवेशन यसैसाता

काठमाडौं । मुलुकका २० हजार भन्दा बढी कलाकारहरु समेटिएको संस्था राष्ट्रिय संगीतकर्मी संघ यतिबेला आफ्नो १८ औं वार्षिक साधारणसभा तथा छैटौं केन्द्रिय महाधिवेशनको तयारीमा छ । संस्थाका महाधिवशेन यही २८ र २९ बैशाख काठमाडौंमा आयोजना गरिने भएको छ ।

जसका लागि संघका कार्यवाहक अध्यक्ष प्रकाश कटुवालको संयोजकत्वमा महाधिवशेन समिति नै गठन गरिएको छ । समितिले विधान परिमार्जन देखि विभिन्न तयारी गरिरहेको संघले शनिबार काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाटमा जानकारी गराईयो ।

सञ्चारकर्मीलाई सम्बोधन गर्दै संघका महासचिब तथा गायक अमृत खातीले २८ बैशाखमा संघको महाधिवेशनको उद्घाटन हुने बताए, काठमाडौंको प्रदर्शनमार्ग स्थित राष्ट्रिय सभागृहमा संस्कृति प्रर्यटन तथा नागरिक उड्यान मन्त्री हितबहादुर तामाङले प्रमुख अतिथिको रुपमा हाम्रो महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महाधिवशेनमा सहभागी हुने प्रतिनिधिहरु सबैलाई हामीले निमन्त्रण पठाईसकेका छौं ।’ उनले भने ।

संघको १८ औं यो वार्षिक उत्सबले नयाँ कार्यसमित चयन गर्ने भएकाले यो विशेष महत्वपूर्ण रहेको पनि उनले बताए । २९ बैशाखमा काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनबाट संघमा नयाँ नेतृत्व आउने महासचिब खातिले कार्यक्रममा जानकारी गराए ।

संघका कार्यबाहक अध्यक्ष प्रकाश कटवालले कार्यक्रममा भने, ‘संघका मतदान अधिकार भएका करिब १३ सयजना आजिवन सदस्य हुनुहुन्छ भने ७५ वटै जिल्लाका करिब साँढे पाँचसय प्रतिनिधिहरुले अधिवेशनमा भाग लिनुहुनेछ ।’ यसरी यो अधिवेशनमा करिब दुई हजार कलाकारहरु भेला हुने पनि कार्यवाहक अध्यक्ष कटवालले बताए ।

उनका अनुसार देशका ७५ वटै जिल्लामा राष्ट्रिय संगीतकर्मी संघ स्थापना भईरहेको छ । संघको मुलुकका सात प्रदेश र काठमाडौं उपत्यका थप एक प्रदेश गरी संघको ८ प्रदेश समिति रहेको पनि उनले जानकारी गराए । जसमा २० हजार भन्दा बढी कलाकारहरु सदस्य छन् । संघका गायक, गायिका, संगीतकार, गीतकार, मोडल, नृत्यकार जस्ता विविध कलाकारहरु आबद्ध रहेको पनि उनले बताए । १८ औं साधारण सभाले संघको विधानमा केही कुरा परिमार्जन गर्ने पनि उनले जानकारी गराए ।

उनका अनुसार राष्ट्रिय संगीतकर्मी संघको ३९ जनाको केन्द्रिय कार्यसमितिको लागि प्रत्यक्ष निर्वाचन हुनेछ,‘यो छैठौं महाधिवशेनले संघको नयाँ कार्यसमिति चयन गर्ने हुँदा हामी सर्वसम्मत रुपमा नयाँ कार्यसमिति आओस भन्ने चाहन्छौं । तैपनि कसैले उम्मेदवारी दिएर मतदान प्रकृया रोज्छ भने त्यसलाई पनि हामीले लागू गर्नेछौं ।’ कटवालले पत्रकार सम्मेलनमा भने,‘विधान बमोजिम बाँकी पदाधिकारीहरु संघको कार्यसमिति बैठकले मनोनयन गर्ने प्राविधान रहेको छ ।’

यस्तै संघका सल्लाहकार तथा अग्रज पत्रकार रामजी बगालेले महाधिवेशनको सफलताको शुभकामना दिँदै सर्वसम्मतबाट नयाँ कार्यसमिति चयन हुनेमा आफु विश्वस्त रहेको बताए । अब आउने नयाँ कार्यसमिति अझ सक्रिय रहने विश्वास उनले कार्यक्रममा व्यक्त गरे ।

संघका पूर्व अध्यक्ष एवम् अग्रज गायक रेशम थापाले आफुहरुले १८ वर्षअघि कलाकारको हक हितका लागि स्थापना गरेको राष्ट्रिय संगीतकर्मी संघ आज बृहत भएको निकै खुसी लागेको छ भने । संघले कलाकारको हक हितमा निकै राम्रो काम गर्दैआएको पनि उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सहमति

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
‘डिजिटल’ प्रचारप्रसारको प्रतिस्पर्धामा उम्मेदवार