जुम्लामा लम्पी स्किन रोग नियन्त्रणबाहिर

जुम्ला । लम्पी स्किन रोगले जुम्ली किसानका गोठ रित्तिन थालेका छन् । जुम्लाका आठै स्थानीय तहमा फैलिएको लम्पी स्किनले गाईगोरु धमाधम मर्न थालेका छन् ।

घरका हलगोरु मरेपछि जग्गा जमिन बाँझो भएको तातोपानी–७ सर्मीका किसान मुनबहादुर कुँवरले बताए । ‘घरका हलगोरु मरिसके, गाउँमै गोरु पाउन मुस्किल छ, जग्गा बाँझो भइसक्यो, ठूलो परिवार कसरी पाल्ने भन्ने पीर छ,’ उनले भने ।

गाई गोरु धमाधम मर्दै, गोठ रित्तिँदै

जिल्लाभर रोग फैलिए पनि किसानले उपचार गर्न सकिरहेका छैनन् । रोग नियन्त्रणबाहिर पुगिसकेको तातोपानी–७ का राजी कुँवरले बताए । ‘अहिलेसम्म कुनै औषधि उपचार गर्न सकिएको छैन, स्थानीय तह, पशु सेवा कार्यालयले उपचारमा सघाउन सकेका छैनन्, पशु रोगसँग लडिरहेका छन्, हामी भगवान् भरोसामा बस्नुको विकल्प छैन,’ उनले भने ।

समयमै सरोकारवालाले गम्भीरतापूर्वक नलिए ठूलो नोक्सानी हुनुका साथै जग्गा बाँझो रहेर भोकमरी निम्तिने खतरा रहेको पातारासी–५ का गोविन्द बुढाले बताए । ‘कुनै गाई गोरु घाँस खानै नसक्नेछन्, कुनैको शरीरभरि खटिरा र दाग छ, अवस्था भयावह छ,’ उनले भने ।

जुम्लामा यसअघि गाई गोरुमा यस्तो प्रकोप कहिल्यै देखापरेको थिएन । ‘अहिले अवस्था निकै दयनीय छ, किसान आफ्ना गाई गोरु छटपटाउँदै मरेको हेर्न विवश छन्, चाहेर पनि केही गर्न सकिरहेका छैनन्,’ पातारासी–५ गोरिकला विष्टले सुनाइन् ।

यता पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार रोग नियन्त्रणबाहिर गइसकेको छ । आठै स्थानीय तहको प्रारम्भिक तथ्यांकअनुसार १४ हजार गाई गोरुमा भाइरल रोग लम्की स्किन संक्रमण भइसकेको छ ।

झन्डै ७ सयदेखि १ हजारको हाराहारीमा मरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका निमित्त प्रमुख लालबहादुर बुढ्थापाले बताए ।

अफ्रिकी मुलुकबाट २०७६ सालतिर नेपाल भित्रिएको लम्पी स्किन रोग जुम्लामा पहिलोपटक देखिएको उनले बताए । ‘यो भाइरल रोग भएकाले यसको खास उपचार कठिन छ तर ज्वरो नियन्त्रणमा लिने, अन्य कठिनाइ कम गर्ने खोप नै हो, जुम्लामा ५ सय खोप आएको थियो तर यो पर्याप्त होइन,’ उनले भने ।

अन्य निरोगी पशु बचाउन संक्रमित पशुलाई छुट्टै राख्नुपर्ने उनको सुझाव छ ।

झिँगा, भुसुना, लामखुट्टेले रोग सार्ने हुँदा संक्रमित पशुलाई छुट्टै राख्नुपर्ने उनले बताए । मान्छेमा कोरोनाजस्तै गाईगोरुमा लम्पी स्किन रोग नयाँ भएकाले नियन्त्रणमा लिन कठिन भएको उनले बताए । सरकारले आवश्यक खोप उपलब्ध गराउनुपर्ने उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 127 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रिन्टिङ मेसिन थन्किदा अन्तःशुल्क स्टिकर छपाइमा बिचौलियाको बोलवाला

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराका १५ औं मेयर आचार्यको इतिवृतान्त यस्तो छ