जैविक आयुर्वेदिक उत्पादन

हिजोआज आयुर्वेदिक औषधि तथा आयुर्वेदिक उत्पादनप्रति मानिसहरूको आकर्षण बढ्दो छ । जडिबुटीबाट तयार पारिएका औषधि तथा सौन्दर्य प्रसाधनहरू स्वस्थकर हुने र बिनासाइड इफेक्ट शरीरलाई फाइदा पुराउने विश्वासले नै जनमानसमा यस्तो आकर्षण बढेको हो । वैज्ञानिक रूपमा हेर्ने हो भने पनि मानिसको शरीरले केमिकल मेडिसिनलाई स्वाभाविक रूपमा ग्रहण गर्दैन । शरीरले यस्ता औषधि तथा रासायनिक तŒवहरू हालेका खाद्यपदार्थलाई विषजस्तो ठान्छ । त्यसैले, यस्ता औषधि तथा खाद्य पदार्थहरू सेवन गर्दा कलेजोलाई निकै लोड पर्छ । जसका कारण धेरै औषधि सेवन गर्ने तथा जंकफुड खाने मानिसलाई लिभर सिरोसिस तथा लिभर क्यान्सर हुने खतरा बढ्छ । वास्तवमा केमिकल मेडिसिन तथा केमिकलजन्य सौन्दर्य प्रसाधानहरूले तत्काल केही फाइदा गरे तापनि यसका बेफाइदाहरू धेरै छन् । मानिसको शरीरले स्वाभाविक रूपमा ग्रहण गर्ने औषधि भनेको प्राकृतिक रूपका जडिबुटी, झारपात तथा जैविक खाद्यपदार्थहरू हुन् । यस्ता औषधि तथा खाद्यपदार्थहरूले मानिसको स्वास्थ्य रक्षा गर्ने र रोग लागेको खण्डमा त्यसलाई निको पारी आयु बढाउने भएकाले नै आयुर्वेदिक भनिएको हो ।

आयुर्वेद के हो ?
आयुर्वेद जीवन शास्त्र हो । सर्वसम्मत, सर्वप्राचीन, वैज्ञानिक तथा सर्वाङ्गपूर्ण चिकित्सा पद्धति हो । आयुर्वेदलाई विश्वमा हाल प्रचलित सम्पूर्ण चिकित्सा पद्धतिको जननीका रूपमा मानिन्छ । यस चिकित्सा पद्धतिमा विशेष गरेर जैविक (अग्र्यानिक) जडिबुटीबाट तयार पारिएका आयुर्वेदिक औषधि तथा उत्पादनहरू उपयोगमा ल्याइन्छ । औषधि मात्र नभई आयुर्वेद उपचारअन्तर्गत वमन, विरेचन, बस्ती, नस्य, रक्तमोक्षण आदि विभिन्न शोधन विधिको पनि प्रयोग गरिन्छ । आयुर्वेद मानवजातिका लागि वैज्ञानिक र प्राकृतिक जीवन पद्धति हो । तर, केही वर्षयता वैदिक ऋषिमुनिहरू (वैज्ञानिकहरू) को यस महान् आविस्कारको नाममा ठगी गर्नेहरू संख्या बढ्दै गएको छ ।

आयुर्वेदिक औषधि तथा उत्पादन जैविक अग्र्यानिक जडिबुटीबाट तयार पारेर उपयोगमा ल्याइन्छ

आयुर्वेदिकका नाममा ठगीः
पश्चिमी जीवनशैली तथा आधुनिक चिकित्सा विज्ञानको अन्धोनुकरणका कारण आयुर्वेदको उद्गम क्षेत्र, नेपाल–भारतसमेत आयुर्वेद ओझेलमा परेको थियो । तर, यसबिच बाबा रामदेव र आचार्य बालकृष्णको उदय भयो । रामदेव र आचार्य बालकृष्णले छोटो समयमा नै योगका साथै आयुर्वेद र आयुर्वेदिक उत्पादनहरूलाई घरघरमा पु¥याउने कार्य गरेका छन् । सर्वसाधारणलाई समेत आयुर्वेदप्रति आकर्षित गर्ने काम गरेका छन् । यो निकै सराहनीय र पुण्य कार्य हो । आयुर्वेदप्रति आकर्षण बढेपछि संसारभर नै आयुर्वेदिक उत्पादनहरूको बाढी आएको छ । यही कारणले गर्दा ‘पी एन्ड जी’ तथा युनिलिभरजस्ता कम्पनीहरूसमेत बजारमा आयुर्वेदिक उत्पादनहरू ल्याउन बाध्य भएका छन् ।

टुथपेस्ट, ब्रस, हेयर आयल, स्याम्पु, क्रिम, गाजल, भाँडा धुने साबुन, नुहाउने साबुन, कपडा धुने साबुन, लाउन्ड्री डिटरजेन्ट, हेल्थ ड्रिङ्स, जुस, अगरबत्ती, लामखुट्टे मार्ने तेल, ट्वाइलेट क्लिनर तथा फ्लोर क्लिनरजस्ता उत्पादनसमेत आयुर्वेदका नाममा बजारमा आएका छन् । तर, हिजोआज बजारमा देखापरेका यस्ता आयुर्वेदिक उत्पादनहरू कति आयुर्वेदिक छन् ? यस कुरामा भने ठुलो प्रश्न उठेको छ ।

सानातिना कम्पनीहरूको कुरै छोडौं, ठुलाठुला ब्रान्डेड आयुर्वेदिक कम्पनीहरूले समेत शुद्ध आयुर्वेदिक वस्तुहरू उत्पादन गरेको देखिँदैन । मल्टिनेसनल कम्पनी हिमालय आयुर्वेदका कुनै पनि आयुर्वेदिक उत्पादनहरू पूर्णतया आयुर्वेदिक छैनन् । १० प्रतिशत पनि जडिबुटी नहालेका उत्पादनलाई हिमालयले आयुर्वेदिकका नाममा जनता ठगिरहेको छ । बैद्यनाथ, डाबर, चरक तथा नेपाली आयुर्वेदिक कम्पनीहरूको बदमासी पनि यस्तै छ । स्वयं बाबा रामदेव तथा आचार्य बालकृष्णको पतञ्जली आयुर्वेदका अधिकांश उत्पादन अन्य उत्पादनका तुलनामा केही राम्रा भए पनि पूर्णतया आयुर्वेदिकचाहिँ छैनन् । यस अर्थमा रामदेवले पनि कुनै न कुनै रूपमा आयुर्वेदिकका नाममा उपभोक्ता ठगिरहेका छन् ।

पतञ्जलीमार्फत् बाबा रामदेवले छोटो समयमा योगका साथै आयुर्वेदिक उत्पादनलाई घरघरमा पु-याएका छन्

उदाहरणका रूपमा पतञ्जलीको गुलाव जल शुद्ध आयुर्वेदिक हो भने पतञ्जलीको एलोबेरा जेलमा १० प्रतिशत केमिकल मिश्रण गरिएको छ । यस जेललाई आकर्षित बनाउन हरियो रङ मिसाइएको छ । प्राकृतिक एलोबेरा जेल हरियो हुँदैन । तर पनि यो जेल अन्य कम्पनीको तुलना राम्रो छ । पतञ्जलीको दन्तकान्ती टुथपेस्ट तथा डाबरको लाल दन्तमञ्जन उस्तैउस्तै छन् । उत्पादकले दिएको जानकारी ठीक हो भने भारतीय बजारको सबैभन्दा उत्तम र आयुर्वेदिक दन्तमञ्जन हो, भिक्को ब्रजदन्ती । पतञ्जली, डाबर तथा हिमालय आदिका स्याम्पुहरू ८० देखि ९० प्रतिशत हानिकारक केमिकल्सबाट बनाइएका छन् । तर पनि यस्ता स्याम्पुलाई आयुर्वेदिक प्रोप्राइटरी मेडिसिन तथा हर्बलका नाममा बिक्री वितरण गर्ने गरिएको छ ।

डाबरको अमला तेलमा केबल ५४ प्रतिशत अमला एक्स्ट्रक्ट छ भने बाँकी ४६ प्रतिशत मिनरल आयल (पेट्रोलियम) र अन्य केमिकल्स मिसाइको छ । डाबरले मात्र होइन, अन्य कम्पनीले पनि नाम मात्रका जडिबुटी मिसाएर खतरनाक केमिकल्सलाई आयुर्वेदिक तथा हर्बल उत्पादन भनेर बेचिरहेका छन् । आकर्षक विज्ञापनले मोहित उपभोक्ताको यसतर्फ खासै ध्यान गएको छैन । यो चिन्तको विषय हो ।

किन प्रयोग गरिन्छ केमिकल्स ?
कम्पनीहरूले प्रडक्टहरूको आयु बढाउन, आकर्षक बनाउन तथा सस्तोमा उत्पादन गरी बढी नाफा कमाउन उत्पादनहरूमा परिरक्षक (पे्रजर्भेटिभ), कृत्रिम रङ तथा केमिकल्सको प्रयोग गर्ने गर्छन् । जडिबुटीको तुलनामा केमिकल्स निकै सुलभ र सस्तो पनि हुन्छन् । तर, यस्ता केमिकल्सले मानिसको स्वास्थ्यमा खतरनाक असर गर्छन् । टुथपेस्ट, फेस वास, स्याम्पु तथा क्रिमजस्ता उत्पादनमा समेत ‘सोडियम लोरिल सल्फेट’ हालेको पाइन्छ । यो केमिकल निकै खतरनाक मानिन्छ । यसले क्यान्सरसमेत पैदा गर्नसक्छ । सोडियम लोरिल सल्फेटले मात्र होइन, सौन्दर्य प्रसाधनमा प्रयोग गरिने अन्य केमिकल्स पनि उत्तिकै हानिकारक छन् । तर, आकर्षक विज्ञापनको मोहनी परेर तथा तत्कालीन फाइदालाई हेरेर उपभोक्ताले यस्तै प्रडक्टहरू प्रयोग गर्दै आएका छन् । अधिकांश उपभोक्तालाई सौन्दर्य प्रसाधनहरूको समिश्रणप्रति कुनै मतलव हँुदैन ।

अन्त्यमाः
जैविक खाद्यपदार्थ तथा जडिबुटीबाट बनाइएका सौन्दर्य प्रसाधन नै स्वस्थ र दीर्घायु जीवनको आवश्यकता हो । तर, हिजोआज शुद्ध आयुर्वेदिक औषधि तथा जडिबुटीबाट तयार पारिएका सौन्दर्य प्रसाधन पाउन निकै गाह्रो छ । त्यसैले, खाद्यपदार्थहरू मात्र होइन, सौन्दर्य प्रसाधनसमेत खरिद गर्दा पनि उपभोक्ता सचेत र जागरूक हुन जरूरी छ । उपभोक्ता सचेत भए आयुर्वेदिकका नाममा हुनेगरेका ठगीमा कमी आउनेछ र बजार जैविक खाद्यपदार्थ तथा जडिबुटीयुक्त सौन्दर्य प्रसाधानहरूतर्फ उन्मुख हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 110 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धन चाहिँदैन भन्दै पोखरामा काँग्रेसको नाराबाजी