लमजुङको आयुर्वेद अस्पताल भवन निर्माण: शीर्षक छ, बजेट छैन

लमजुङ । लमजुङमा आयुर्वेद अस्पताल निर्माणका लागि चालु आव २०८०–०८१ मा बजेट शीर्षक राखेर पनि बजेट भने विनियोजन नगरिएको रहस्य खुलेको छ । जिल्ला सदरमुकाम बेसीशहर नगरपालिका–३ को रानीकुवामा १५ शैयाको आयुर्वेद अस्पताल भवन निर्माणका लागि गतवर्षदेखि योजना स्वीकृत भई बजेट बिनियोजन गरिएको थियो ।

गण्डकी प्रदेश सरकारले जिल्ला आयुर्वेद अस्पताल निर्माणका लागि शीर्षक राखेर पनि बजेट विनियोजन नगरी लमजुङबासीको आँखामा छारो हाल्ने काम गरेको रहस्यहालै खुलेको हो । गत आवमा लमजुङमा १५ शैयाको आयुर्वेद अस्पताल भवन निर्माणका लागि एक करोड बजेट छुट्याइएको थियो । आवको सुरुमा आयुर्वेद स्वास्थ्य केन्द्रका नाममा विनियोज गरिएको सो बजेट पछि रकमान्तर गरेर भौतिक पूर्वाधार विकास कार्यालयमा सारियो ।

सो बजेटबाट डिपिआर निर्माणका लागि २२ लाखखर्च समेत गरियो । एक करोड मध्येको बाँकी रकमको भवननिर्माणका लागि टेण्डर गर्नु पर्नेमा गत आवमा भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुखले अनेक बहानाबाजी गरी टेण्डर जारी गरिदिएनन् । उनको गलत नियतका कारण त्यो बजेट ल्याप्स हुन गयो जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको व्यवस्थापन समितिका अध्यक्ष भूपाल दनाईले बताए ।

उनका अनुसार पूर्वाधार विकास कार्यालयका प्रमुखको गलत नियतका कारणले गत आर्थिक वर्षमा हुनुपर्ने काम हुन नसकेको हो । उनले भने, ‘तर यो वर्ष उक्त भवन निर्माणको बजेट शीर्षक छ तर रकमको कोलममा ०.०० राखिएको छ । यसमा पनि प्रदेशको बजेट बनाउने मानिसहरूबाट कैफियत भएको बुझिन्छ ।’

आफू इमान्दार मान्छे, बजेट आउछ, काम हुन्छ भनेपछि विश्वासमा परियो तर ऐले त बजेटको शीर्षक छ बजेट छैन, यस्तो अनौठो स्थिति पनि बेहोर्न पर्दोरहेछ अध्यक्षदनाईले भने । उनकाअनुसार लमजुङ जस्तो जडिबुटीको खानीभएको जिल्लामाआयुर्वेद चिकित्सा पद्दतिको प्रसस्त सम्भावना छ तर सरकारको काम गराईमा कैफियत देखियो ।

उसबाट आयुर्वेदलाई हेर्ने दृष्टिकोण नीतिनिर्माताहरुको के कस्तो छ भन्ने समेत उदाङ्गो भएको उनको तर्क छ । ‘कस्का कारणले यस्तो गरिएको हो, त्यो व्यक्ति कारवाहीको भागिदार हुनुपर्छ, जिल्लाबासीको विश्वास, विकास र भविष्यमा यसरी खेलबाड गर्न पाइन्न’ दनाईले कडा शब्दमा बताएका छन् ।

उनकाअनुसार १५ शैयाको आयुर्वेद अस्पताल निर्माणका लागिगतआवमातयार गरिएको डिपिआर अनुसार चार करोड ८७लाखखर्च हुने देखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 38 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आक्रामक अभिभावक ओली !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
झलनाथको निर्वाचन क्षेत्रमा एमालेका थेबे गाउँपालिका अध्यक्षमा निर्वाचित