होटेल स्क्वायरको स्विमिङ पुलमा पौडी खेल्दा एक जना गम्भीर घाइते

काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर–३ स्थित होटेल स्क्वायरको स्विमिङ पुलमा पौडी खेल्दा एक जना गम्भीर घाइते भएका छन् । बिहीबार दिउँसो ३ बजेर ३० मिनेटमा मानभवन घर भएका सजिलमान शाक्य पौडी खेल्दै गरेको अवस्थामा घाइते भएका हुन् ।

सजिलामानको अहिले नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । बहिनी सुस्मिता शाक्यका अनुसार सजिलामानको अहिले आइसियूमा राखेर उपचार भइरहेको छ । पीडित परिवारले स्विमिङ पुलमा करेन्ट फैलिएर ४१ वर्षीय सजिलमान घाइते भएका दाबी गरेका छन् । तर, होटल सञ्चालकले भने आफूहरूले उद्धार गरेर अस्पताल लगेको र करेन्ट प्रवाह नभएको बताएका छन् ।

– पीडित परिवार भन्छ, स्विमिङ पुलमा करेन्ट प्रवाह भयो

– होटल भन्छ– करेन्ट प्रवाह भएको छैन

पूर्णरूपमा अचेत अवस्थामा अस्पताल पु-याइएका उनको हालसम्म पनि होस आएको छैन । उनलाई अहिले भेन्टिलेटरमा राखेर उपचार गरिरहेको अस्पताल स्रोतले जानकारी दिएको छ । घाइते शाक्यको शरीरको अन्य अंगको अवस्था सामान्य रहे पनि बेहोस भएर मस्तिष्कमा आवश्यक अक्सिजन नपुगेकाले त्यसमा गम्भीर आघात पुगेको छ ।

शाक्य परिवारले होटल स्क्वायरको लापरबाहीका कारण सजिललाई करेन्ट लागेको दाबी गर्दै छानबिनका लागि उजुरीसमेत दर्ता गराएको छ । शाक्य परिवारले प्रहरी प्रशासनका साथै ललितपुरको ३ नम्बर वडा कार्यालयमा पनि होटलमाथि छानबिन गर्न आग्रह गर्दै पत्राचार गरेको छ ।

ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले त्यस’bout अनुसन्धान भइरहेको बताए । उनले भने, ‘घाइतेकी पत्नीले करेन्ट फैलिएको दाबी गर्नुभएको छ, हामी चिकित्सकसँग के भएको हो भन्ने’bout समन्वय गर्दै छौं ।’ घाइतेको अवस्थामा गम्भीर छ । सजिलमान परिवारसँगै सो होटलमा गएका थिए । होटेल सञ्चालकको लापरबाहीले करेन्ट फैलिएको घटनालाई ‘हर्ट अट्याक’ बनाउन खोजिएको पीडित परिवारले भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 335 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा संकटको चर्चाबीच दाहाल–ओली दुई घण्टा भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मनाङको नेस्याङ गाउँपालिकामा माओवादीबाट वडा अध्यक्ष निर्विरोध निर्वाचित