प्रधानमन्त्री दाहालको चीन भ्रमण औपचारिकतामा सीमित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको उधारा प्रतिबद्धता गरे पनि चीन भ्रमण औपचारिकतामा मात्रै सीमित भएको छ । एजेन्डाविहीन बनेर चीन भ्रमणमा गएका प्रधानमन्त्री दाहालले पुराना सम्झौताको विषयमा कुनै छलफल हुन सकेन । आठदिने भ्रमणका क्रममा महत्वपूर्ण राजनीतिक भेटवार्ता र बैठक पूरा भइसकेको छ । अब आउँदो १३ असोजसम्म भ्रमण र निरीक्षण गरेर दिन बित्ने छ ।

बोले एउटा, समझदारी र सम्झौतामा हस्ताक्षर अर्कै

तीन दिनबिच प्रधानमन्त्री दाहालले अमेरिकाबाट चीन पुगेकै दिन चिनियाँ राष्ट्रपति सी चिनपिङसँग भेटवार्ता गरे । सोही दिन १९औं एसियन गेममा सहभागिता जनाए । दोस्रो दिन प्रधानमन्त्री दाहालले चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गरेका थिए । साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छियाङबिच सोमबार चीनको ग्रेटहल अफ दी पिपुलमा औपचारिक वार्तापछि १२ बुँदे सम्झौता र एक समझदारीपत्रमा हस्ताक्षर भयो ।

चीन भ्रमणअघि प्रधानमन्त्री दाहालले औपचारिकरूपमा जुन घोषणा र प्रतिबद्धता ठाउँअनुसार बोलेका थिए, चीनमा पुगेपछि ती प्रतिबद्धता र एजेन्डा बिर्सेर १२ वटा नयाँ सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गरेर नेपाल फर्किँदै छन् । उनले चीन भ्रमणअघि चीनसँगको सीमा नाका कोभिड–१९ पूर्वको अवस्थामा सूचारु गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, चीनमा पुगेपछि दाहालले सो कुरा बिर्सेका छन् ।

त्यस्तै, चीन र नेपालबिच आर्थिक व्यापारको विषयमा सहज बनाउने र नाका प्रभावकारी बनाउने विषय पनि एजेन्डामा परेको देखिँदैन । बीआरआईको विषयमा नेपाल सकारात्मक भएको मात्रै जवाफ चीनलाई दिए तर, चीन प्रधानमन्त्री दाहालको प्रतिबद्धतामा विश्वस्त हुन सकेको देखिँदैन । त्यस्तै, प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री दाहालले सांसदलाई आस्वस्त पार्दै सडक, ऊर्जा, विज्ञान तथा प्रविधि तथा व्यापार र विकासलगायतका क्षेत्र, कनेक्टिभिटी, कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रका परियोजनामा चीनको सहयोग विस्तार गर्ने विषयलाई प्राथमिकतामा राखिएको जनाएका थिए । तर, सोमबार भएको सम्झौतामा यी विषयको कुनै कुरा समावेश भएको देखिँदैन ।

के–के विषयमा भयो सम्झौता र समझदारीपत्रमा हस्ताक्षर ?
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छियाङबिच सोमबार चीनको ग्रेटहल अफ दी पिपुलमा भएको द्विपक्षीय औपचारिक वार्तापछि विभिन्न १२ विषयमा सम्झौता, समझदारीपत्र तथा प्रोटोकलमा हस्ताक्षर भएको छ ।

नेपालको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र चीनको विज्ञान तथा प्रविधि मन्त्रालयबिच विज्ञान तथा प्रविधि र अन्वेषण अनुसन्धान अघि बढाउने विषयमा सम्झौता भएको छ । सम्झौतामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले हस्ताक्षर गरेका छन् । यस्तै, प्रकोप सामग्री, मानव संशाधन र हिल्सा–सिमकोट सडक परियोजनाका विषयमा राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

त्यस्तै कृषि, पशुपालन र मत्स्यपालन विकासका लागि चीनको कृषि तथा ग्रामीण सरोकार मन्त्रालय र नेपालको कृषि, पशुपंक्षी विकास मन्त्रालयबिच समझदारी भएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयका पशुपन्छी विकास सचिव डा. रेवतीरमण पौडेल र चिनियाँ अधिकारीले हस्ताक्षर गरेका छन् ।

दुई देशबिच सन् १९८१ को नेपाल–चीन व्यापार सम्झौताको समीक्षाका लागि संयुक्त प्राविधिक समूह निर्माण गर्ने समझदारी भएको छ । उक्त सम्झौताको समीक्षाका लागि नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र चीनको व्यापार मन्त्रालयले काम गर्ने भएका छन् । सहमतिपत्रमा वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र चिनियाँ अधिकारीले हस्ताक्षर गरेका छन् ।

चीनमा औषधि उत्पादनका लागि नेपालको जडीबुटी निर्यात अघि बढाउन चीनको भन्सार प्रशासन र नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबिच समझदारी भएको छ । प्रोटोकलमा कृषि तथा पशुपन्छी मन्त्रालयका पशुपन्छी विकास सचिव डा. रेवतीरमण पौडेल र चिनियाँ अधिकारीले हस्ताक्षर गरेका छन् ।

दुई देशबिच एकअर्का पुरातात्विक महत्वका कृतिहरू प्रकाशन र अनुवाद गर्ने समझदारी भएको छ । जसका लागि चीनको प्रेस तथा प्रकाशनसम्बन्धी राष्ट्रिय प्रशासन र नेपालको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले काम गर्ने भएका छन् । सो सहमतिपत्रमा नेपालका तर्फबाट चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

चीनको राष्ट्रिय विकास तथा सुधार आयोग तथा नेपालको राष्ट्रिय योजना आयोगबिच सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्र योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ र चिनियाँ अधिकारीबिच आदानप्रदान भएको छ । चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको अर्थ मन्त्रालयबीच डिजिटल इकोनोमीसम्बन्धी सहकार्य अभिवृद्धि’bout समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालका तर्फबाट चीनका लागि नेपाली राजदूत विष्णुपुकार र चिनियाँ अधिकारीबिच समझदारीपत्र आदान–प्रदान भएको छ ।

दुई देशले हिमाली क्षेत्रका उत्पादन तथा जैविक पदार्थ’bout सन् २०१७ मा भएको सहमतिसम्बन्धी प्रमाणपत्र आदानप्रदान गरेका छन् । दुई देशबिच यसअघि सिन्जाली उच्च माध्यमिक विद्यालय परियोजना अघि बढाउने सम्झौतामा पनि हस्ताक्षर भएको छ ।

प्रचण्डको भ्रमणका क्रममा दुई देशबिच प्राकृतिक विपद् उद्धार सामग्रीसम्बन्धी पत्र पनि आदानप्रदान भएको छ । दुई देशले मानवीय स्रोत आदानप्रदान’bout पनि समझदारी गरेका छन् । त्यस्तै हिल्सा–सिमकोट सडक परियोजना अघि बढाउने कुरामा पनि समझदारी गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः अध्यक्ष ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनराज र मञ्जु जीत नजिक