एमाले गण्डकीमा नवराज प्यानल निर्वाचित

पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन् । उनले अध्यक्षका प्रत्यासी लमजुङका मायानाथ अधिकारीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । म्याग्दीका नवराज यसअघि पनि अध्यक्ष थिए ।

निर्वाचित नवराजले कुल खसेको ८ सय ९६ मतमध्ये ५ सय ३१ प्राप्त गर्दा अधिकारीले ३ सय ६५ मत ल्याएको निर्वाचन समिति सदस्य अधिवक्ता विष्णु अधिकारीले जानकारी दिए ।

राति साढे ११ सम्पन्न मतपरिणाम अनुसार पदाधिकारीमा नवराज प्यानल नै निर्वाचित भएको हो । उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङ विजयी भए । उनले ५ सय ३४ मत प्राप्त गर्दा प्रत्यासी नवलपुरका बाबुराम विश्वकर्माले ३ सय ६२ मत प्राप्त गरे ।

सचिवमा लमजुङका धनञ्जय दवाडी निर्वाचित भए । उनले ५ सय २० मत प्राप्त गर्दा कास्कीका रश्मि आचार्यले ३ सय ६७ मत प्राप्त गरे । उपसचिवमा कास्कीका दामबहादुर विकले ४ सय ९९ मत निर्वाचित भए । उनका प्रत्यासी म्याग्दीका सन्तोष रावलले ३ सय ९७ मत ल्याए ।

उपसचिव महिलातर्फ पर्वतकी मञ्जु अधिकारीले ५ सय ३१ मत ल्याएर निर्वाचित हुँदा कास्कीकी मीना गुरुङले ३ सय ६५ मत प्राप्त गरिन् । नेताहरुको प्रतिष्ठाको रुपमा हेरिएको यो चुनावमा अध्यक्षका उम्मेदवार नवराजलाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र मायानाथलाई स्थायी कमिटी सदस्य खगराज अधिकारीको साथ थियो ।

बिहीबार भएको मतदानमा ९ सय ६ मतदातामध्ये झण्डै ९९ प्रतिशत मत खसेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 138 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीको चन्द्रकोटमा गठबन्धनका अध्यक्ष/उपाध्यक्ष विजयी