अन्टार्कटिकाको भोस्टोकमा तरबुजा फल्यो

विश्वभर बढ्दो वैश्विक तापमानले हैरान पारिरहँदा अन्टार्कटिकामा भने नयाँ युग सुरु भएको छ । हिमयुगको अन्त्य र वानस्पतिक तथा प्राणीजन्य युगको सुरुवात हुनगएको छ । प्राकृतिक रूपमा फूल फुलिरहेको अन्टार्कटिकामा कृत्रिम प्रयासमा मानिसले फल पनि फलाउन सुरु गरिसकेका छन् । यसले शुभ–अशुभ दुवै समाचार सम्प्रेषण गरिरहेको छ ।

अन्टार्कटिकाको रूसी क्षेत्रमा पर्ने भोस्टोक स्टेसनमा रूसी अनुसन्धानकर्ताहरूले खेती गरेर तरबुजा फलाउन सफल भइसकेका छन् । ग्लोबल वार्मिङका कारण हिउँ पग्लँदै गएपछिको वातावरण परीक्षणका साथै एक भिन्न अभ्यासमा अन्टार्कटिकाको भोस्टोक स्टेसनमा यस्तो प्रयोग गरिएको हो ।

हालको पहिलो परीक्षण प्रयासमा रूसी वैज्ञानिकले आठवटा तरबुजा फलाउन सफल भएका छन् । तरबुजा उब्जाउन ‘हाइड्रोपोनिक प्रविधि’ प्रयोग गरिएको उनीहरूको भनाइ छ । फलेका तरबुजाको आकार र रङ साबिककै जस्तो भए पनि गुदी भने फरक हुने गरेको देखिएको छ । रातो रङमा आउने तरबुजाको गुदी अन्टार्कटिकामा भने पहेंलो पनि हुने गरेको छ । अन्टार्कटिक अनुसन्धान संस्थान (एआरआई)ले पनि यही कुरा प्रकाशमा ल्याइसकेको छ ।

आकार प्रकारमा उत्तिको साह्रो फरक छैन । तरबुजाको पहिलो परीक्षणमा फलेका प्रत्येक तरबुजाको तौल १ किलोग्राम हुनुले पनि यसको पुष्टि गर्छ । अन्टार्कटिका अन्वेषकका अनुसार भोस्टोक स्टेसनको प्रयोगशालामा अन्य तरकारी, फलफूल तथा सागपातको प्रारम्भिक अभ्यास भइरहेको छ ।

वैज्ञानिकका अनुसार ब्ल्याकबेरी, स्ट्रबेरी र ब्लुबेरी आदिको अभयास जारी छ । यदि त्यहाँ यी वस्तु उब्जिए भने ती सबै पृथ्वीको सबैभन्दा चिसो ठाउँमा उब्जाउने वस्तु हुनेछन् ।

ती वस्तुमा संसारको चासो रहने ती अनुसन्धानकर्ताको अपेक्षा रहेको छ । सन् २०२० देखि निरन्तर प्रयास गरिरहेका वैज्ञानिक अहिले आफ्नो सफलतामा हौसिएका छन् । उनीहरू अनुसन्धान प्रयास गर्दाका बखतदेखि त्यहाँ तरकारी रोप्दै आएका छन् ।

अहिले ८० भन्दा बढी प्रकारका तरकारी उब्जन थालिसकेको उनीहरूको दाबी छ । यदि, यो सफलता व्यवसायका रूपमा अघि बढाउन सकियो भने रूसको विशाल साइबेरियाको भाग पनि खेतीपातीमा परिणत गर्ने लक्ष्य रूसले लिएको छ । गहुँ खेती गरेर सिंगो युरोप पालिरहेको रूस अहिले साइबेरियामा खेतीको सम्भावना देखिन थालेपछि थप सफलता हात लाग्ने कुरामा आशावादी देखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 95 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्ला एमालेको प्रतिवद्धता : कक्षा १२ सम्म निशुल्क शिक्षा