घरपालुवा पशुचौपायालाई ‘ट्यागिङ’ गर्दै धनगढी उपमहानगर

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले घरपालुवा पशुचौपायालाई ‘ट्यगिङ’ गर्न थालेको छ । स्थानीयले घरपालुवा पशुचौपाया उपयोग गरिसकेपछि छाडा छोड्ने प्रवृति मौलाउन थालेपछि उपमहानगरले घरमै गएर पशुचौपायामा ‘ट्यागिङ’ गर्न थालेको हो ।

उपमहानगरको पशुसेवा शाखाले आइतवारदेखि घरधनीको घरमा नै गएर पशुचौपायामा ‘ट्यागिङ’ गर्न थालेको धनगढी उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाले पशुचौपायामा ‘ट्यागिङ’ गरेपछि छाडा छोड्ने कार्य नियन्त्रण हुने जनाएको छ ।

आइतवार फूलबारी क्षेत्रमा गाई, गोरु, बाच्छाबाच्छीलाई ट्यागिङ गरी अभिलेख राखिएको छ । यो कार्य क्रमशः धनगढीका सबै क्षेत्रमा लागु गरिने बताइएको छ । गाई दुहिएर खाने उसले दुध दिन छोडेपछि सडकमा लिएर छोड्ने त्यस्तै साना बाच्छाबाच्छी तथा बुढो गोरु र अन्य चौपायालाई सडकमा छोड्ने प्रवुति मौलाउन थालेपछि पशुचौपायामा ‘ट्यागिङ’ गर्ने कार्य सुरु गरेको धनगढी उपमहानगरपालिकाका पशुसेवा शाखा प्रमुख डाक्टर समीर ठाकुरले बताए ।

उनले ‘ट्यागिङ’ पछि कसले र कुन पशुचौपाया छाडा छोड्यो भनेर पहिचान हुनेभएकोले छाडा छोड्ने प्रवुति नियन्त्रण हुनुका साथै सडक दुर्घटनामा कमी आउने र बालीनाली पनि जोगिने बताए ।

पहिलो चरणअन्तरगत धनगढीको वडा नम्बर १८ फूलवारीको घरघरमा पुगेर १५१ वटा पशुचौपायामा ट्यागिङ गरिएको छ । यो अभियान क्रमशः १४, १८ र १९ वडामा सञ्चालन गरिने पशुसेवा प्रमुख डाक्टर ठाकुरले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 78 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटका सबै स्थानीय तहको मत गणना सकियो (सूचीसहित)