चन्द्रमामा चन्द्रकम्प

पृथ्वीमा जाने भूकम्प भएझैं चन्द्रमामा पनि चन्द्रकम्प गइरहने पछिल्लो अुसन्धानले देखाएको छ । यो अनुसन्धानपछि चन्द्रमामा मानव बस्ती बसाउने अमेरिकी योजना’bout पुनर्विचार हुनसक्ने धेरै वैज्ञानिकको अनुमान रहेको छ । चन्द्रकम्पले पृथ्वीका वैज्ञानिकको सोच र परियोजनामा पनि कम्पन अवश्यै ल्याइदिएको छ ।

सबैभन्दा बढी त चन्द्रमामा सहर बसाउने सपना देखिरहेको अमेरिका नराम्रो गरी तर्सन पुगेको छ । चीन, रूस र अन्य राष्ट्रहरू पनि बिलखन्दमा परिरहेका छन् । आखिर जुन ग्रहको भए पनि त्यहाँको प्रकृति सर्वव्यापी छ । यो रोक्न र छेक्न सकिने पनि छैन ।

यो अनुसन्धानपछि अहिलेसम्मको चन्द्रयान प्रक्षेपणमा रहेको सोच र तयारीमा पनि चन्द्रकम्पलाई स्थान दिनुपर्ने हुन्छ । कतै चन्द्रकम्पका कारण बृहत् लगानी र परियोजना धराशायी हुने त होइन भनेर तयारी तथा सतर्कता पनि अपनाउनुपर्ने हुन्छ ।

अबका दिनमा अन्तरिक्ष एजेन्सीले चन्द्रमामा यान अवतरणका लागि साइट निर्धारण गर्दा चन्द्रकम्पसहित धेरै कुराहरूको ख्याल गर्नुपर्छ । यो अवतरण हुने स्थानको आकार प्रकार र अवस्थामा निर्भर हुने कुरा पनि हो । चन्द्र मिसनमा अबका दिनमा थप अनुसन्धान र जिम्मेवारी पनि आइलागेको छ ।

अब वैज्ञानिकहरूले चन्द्रमामा चन्द्रकम्पका साथै त्यसबाट हुने भूस्खलन, पहिरो तथा चन्द्रकम्पीय उबडखाबडलाई पनि ख्याल गर्नुपर्ने नयाँ अध्याय थपिएको छ । पछिल्लो अध्ययनमा चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्रमा चन्द्रकम्पीय असर देखापरेको छ । वैज्ञानिकको भाषामा ‘फल्ट लाइन’को पहिचान अहिले हुन थालेको छ ।

अनुमान गरिएअनुसार ५० वर्षअघि चन्द्रमामा एउटा भयानक चन्द्रकम्प गएको थियो । त्यहीँ ठाउँमा नासाले अर्को चन्द्र मिसन ‘आर्टेमिस थ्री’को सफल अवतरणका लागि सोच बनाइरहेको छ । सन् २०२६ मा यो मिसन चन्द्रमामा पठाउने तयारी चलिरहेको छ । यो मिसनपछि नासाले मानव बस्ती बसाउने योजना बनाइरहेको पनि छ ।

त्यसो त अपोलो मिसनअन्तर्गत चन्द्रकम्प हुने भएमा मापनका लागि कम्प मापन यन्त्रहरू चन्द्रमामा लगिएका थिए । १३ मार्च १९७३ मा चन्द्रमामा गएको एउटा शक्तिशाली कम्पनलाई भूकम्पमापन यन्त्रहरूले महसुस गरेका थिए । चन्द्रमाको पनि पृथ्वीकै भूकम्पको झट्कामय तरंगमा अभिव्यक्त हुन्छ ।

अर्को कुरा चन्द्रमा चिसो हुँदै गएका कारण संकुचन बढिरहेको छ । यसका कारण पनि चन्द्र सतहमा दरार देखिने गरेको वैज्ञानिकको ठहर छ । हजारौं वर्षदेखि यसको भित्री भाग चिसिँदै गएकाले यस्तो संकुचन देखापरेको हो । चन्द्र सतह पृथ्वीको तुलनामा कम कसिलो छ । खुकुला कणहरू छन् । चन्द्रमामा बस्ती बसाल्नका लागि त्यहाँको सतह अपेक्षा मुताविकको स्थिर र कडा छ कि छैन सोच विचार गर्नुपर्छ पनि ।
(एजेन्सीको सहयोगमा)

तपाइको प्रतिक्रिया
(Visited 177 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजनीतिक नेतृत्वले जोखिम मोल्ने समय आयो: अर्थमन्त्री पुन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीमा ३९ पालिकाको नतिजा सार्वजनिक (सूची सहित)