चन्द्रपुरमा मधेशकै ठूलो सवारी चार्जिङ स्टेशन संचालन

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको विद्युतीय सवारी साधन चार्जिङ स्टेशन संचालनमा आएको छ । चन्द्रपुर नगरपालिका वडा नं. २ स्थित चार्जिङ स्टेशन नजिकमा रहेको विद्युतिय पोलमा २५० के.भीको ट्रन्सफर्मर र मिटर जडान गरिएपछि अहिले सो स्टेशन संचालनमा आएको हो । चन्द्रपुर नगरपालिका र मधेश सरकारको करिब पौने ३ करोड लागतमा निमार्ण भएको चार्जिङ सेन्टरमा अहिले बिधुतिय गाडीहरुको चार्जिङ गरिहेका छन ।

उक्त चार्जिङ स्टेशनमा आफ्नो गाडी चार्ज गरिरहेका स्थानिय निवासी दिवाकर सापकोटाले अहिले आफ्नै ठाँउमा गाडी चार्ज गर्ने पाउँदा खुसी लागेको बताए । यसअघि तत्काल चार्ज गर्नु परेको खण्डमा विकल्प नभएको गुनासो गर्दै उनले अव ईभी गाडी हुनेलाई समस्या नभएको बताएका छन । अव ईभी गाडी चार्जका लागि हेटौडा र हरिवन मध्ये एक स्थानमा पुग्नु पर्ने बाध्यता हटेको उनको भनाई छ ।

विद्युतीय सवारी साधन चार्जिङ स्टेशनको काम पुरा भै सकेको र चाँडै मधेश प्रदेश सरकारका मुख्यमन्त्रीबाट उद्घाटन गरिने चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरणनिधि तिवारीले जानकारी दिए । चार्जिङ स्टेशन ’roundको जमिनलाई समटेर सवारी होल्डिङ्ग स्टेशन बनाईने अधिकृत तिवारीले जानकारी दिएका छन । यस क्षेत्रमा वृक्षारोपण गरेर हराभरा बनाईने र सवारी यात्रामा आएकाहरुलाई विश्रामका लागि बातावरण अनुकुल बनाईने उनको भनाइ छ ।

उनले विद्युतीय सवारीको साधनको माग बढ्दो अवस्थामा रहेकाले यहाँ चार्जिङ स्टेशन आवश्यक रहेको औल्याएका छन । चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले स्वदेशमा उत्पादित विद्युत्को आन्तरिक प्रयोग बढाउन र पेट्रोलियम पदार्थको खपत घटाउन विद्युतीय चार्जिङ स्टेशनले मद्दत पुग्ने बताएका छन । चन्द्रपुर क्षेत्रभित्रका विद्युतीय सवारी साधन र यस क्षेत्रको राजमार्ग हुँदै चल्ने यस्ता सवारीसाधनलाई उक्त चार्जिङ सेन्टरले धेरै सहज हुने उनको विश्वास छ ।

विद्युतीय चार्जिङ सेन्टर निर्माण भएपछि विद्युतीय सवारीसाधनको प्रयोग बढ्ने नगर प्रमुख काफ्लेको दाबी छ । चार्जिङ्ग स्टेशनमा कम्पाउण्डवाल, आधुनिक बिधुतीय गाडी चार्ज हुने, प्रतिक्षालय, बालबालिकाको लागि खेल्ने स्थान, शौचालय लगायतका पुर्वाधार बनेको छ । चार्जिङ स्टेशनमा एक सेटमा दुई ओटा विद्युतीय गाडी एकैपटक चार्ज हुनेछ ।

यस्तै ई–रिक्साका लागि ६ ओटा चार्जिङ प्वाइन्ट र दुईपांग्रे विद्युतीय सवारी साधनका लागि पाँच ओटा चार्जिङ प्वाइन्ट राखिएको छ । चन्द्रपूरमा निर्माण भएको चार्जिङ स्टेशनमा २ वटा ३०-३० किलोवाटको सीसीएस–२ र २ वटा जिबीटी पोर्ट रहेका छन् । समग्रमा एक पटकमा १० वटा सवारी साधनले यहाँ चार्जिङ गर्ने सक्ने सुविधा छ ।

तपाइको प्रतिक्रिया
(Visited 329 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सात पालिका मध्ये अमरगढीमा मात्रै प्रमुखमा महिलाको उम्मेदवारी