तुलबहादुरको अध्यक्षतामा आजपाको चितवन जिल्ला कमिटी गठन

चितवन । आम जनता पार्टी (आजपा)को चितवन जिल्ला भेला शनिबार सम्पन्न भएको छ । सम्पन्न जिल्ला भेलाबाट तुलबहादुर थापा मगरको अध्यक्षतामा ५१ सदस्यीय चितवन जिल्ला कमिटी गठन भएको छ ।

उधोग वाणिज्य संघ नारायणगढको सभा हलमा सम्पन्न भेलाबाट उपाध्यक्षद्धयमा रामायण साह र राजजी विक, सचिवमा श्याम पटेल, सहसचिवमा निराजन साह र कोषाध्यक्षमा कौशिला बराल सहित सदस्यहरु निर्विरोध निर्वाचित भएको घोषणा भएको छ । चितवन जिल्लाको आजपा इन्चार्ज मिनबहादुर खत्री रहेका छन् ।

यसैगरी सोही भेलाबाट आजपा निकटको बिभिन्न जनवर्गीय संगठनहरु समेत गठन भएको छ । आम महिला मोर्चाको चितवन जिल्ला कमिटीको अध्यक्षमा अस्मिता ठकुरी, सचिवमा पबित्रा ठकुरी लगायतका रहेका छन् । यस्तै आईटी आर्मी चितवन जिल्ला कमिटीको अध्यक्षमा विक्रम गुरुङ, सचिवमा निकाश मगर, कोषाध्यक्षमा श्रीराम सेढाई सहित ५१ सदस्यीय रहेका छन् ।

यस्तै आम विद्यार्थी मोर्चा चितवन जिल्ला कमिटीको अध्यक्षमा संदिप कुशवाहा, आम किसान मोर्चाको जिल्ला अध्यक्षमा रंजित मगर, आम सुकुम्बासी मोर्चाको जिल्ला अध्यक्षमा लालबहादुरको नेतृत्वमा कमिटीहरु गठन भएको छ ।

भेलाले आजपाद्धारा चैत २४ गते काठमाडौं गर्ने जनप्रर्दशमा भब्य जनसहभागीता गराउने निर्णय गरेको छ । देशमा बढदो भ्रष्टाचार एवं लुटकारी दलतन्त्रको बिरुद्धमा आजपाले चैत २४ गते काठमाडौंमा जनप्रदर्शन गर्दैछ । सो जनप्रदर्शनमा चितवनबाट व्यापक सहभागिता हुने बताइएको छ ।

आजपा चितवन जिल्ला कमिटीका नवनिर्वाचित अध्यक्ष तुलबहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न सो भेलामा आजपाका वरिष्ठ उपाध्यक्षमा उपेन्द्र साह, उपाध्यक्ष अरुण घिसिङ, सचिव उमेश कुशवाहा लगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अध्यक्ष ओलीको अँगालोमा सुहाङ !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जानकी गाउँपालिकाको अध्यक्षमा पूर्व पत्रकार चौधरी विजयी