शारीरिक प्रतिरक्षाको पर्याय उखु

फलफूल सबै मौसमी हुन्छन् । मौसमअनुसार तिनको स्वाद लिन सकिन्छ । तर, उखु भने दुई मौसमको पुल हो । यो गर्मी मौसममा तयार हुने र हिउँद लागेपछि खाइने रसजन्य उत्पादन हो । यसको आफ्नै विशेषता छ । यो न फल हो, न त जरा नै । यो फलजन्य काण्ड हो ।

त्यसैले उखुले मानिसको शरीरमा हाडजन्य बिरामी र रोगहरू निको पार्न मद्दत गर्छ । मानिसले उखुबाट सख्खर, गुड र चिनी बनाएर सेवन गर्ने गर्दछन् । पछिल्ला अध्यनले चिनीको प्रयोग त्यति राम्रो र उपयोगी मानेका छैनन् । तर, त्यसको तुलनामा गुडसापेक्ष राम्रो र स्वस्थवद्र्धक मानिन्छ ।

गुडभन्दा सख्खर झनै राम्रो मानिन्छ । यो आयुर्वेदिक गुण भएको पौष्टिक आहारामा दर्ज हुन आएको छ । त्यसभन्दा पनि राम्रो र उत्तम उखुको रसलाई मानिन्छ । उखुको रस आफंैमा फलफूल खाएसरह हो । यसले शरीरलाई चाहिने पौष्टिक तत्व प्रदान गर्दछ । यो ताजा पनि हुन्छ र यसमा वनस्पतिजन्य तत्व पनि पाइन्छ ।

बर्खा न हिउँदबीच संक्रमणकालीन समयमा उखुको रस सेवन गर्ने मौका आइपर्छ । यसले गर्मीको नकारात्मक शारीरिक असर हटाउने र बढ्दै गरेको जाडोका लागि प्रतिरोधात्मक शक्ति बढाउने काम गर्दछ । उखु थिचेर निकालिने मीठो तरल रस आफंैमा सर्वगुण सम्पन्न छ । यसमा आइरन, पोटासियम, क्याल्सियम, म्याग्रेसियम आदि तत्व प्रशस्त मात्रामा पाइन्छ । यसले हाम्रो शरीरको हड्डी र मांशपेसीलाई मजबुत बनाउँछ ।

चिकित्सकका अनुसार उखुको रसले शरीरलाई डिटोक्सिफिकेसन गर्छ । यसले शारीरिक प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँछ । यसले छालाको स्वास्थ्यलाई आराम दिलाउँछ । शरीरको अनावश्यक तौल घटाउँछ । मांसपेसी शक्ति र ऊर्जा बढाउँछ । घाँटी दुखेको र त्यहाँ घाउखटिरा भएको अवस्थामा उपचारमा सहजीकरण गर्छ । यति मात्र होइन, यसले महिलामा गर्भावस्था सुरक्षित र सुनिश्चित समेत गर्दछ । यसको एक मात्र बैगुन भनेको यसको रसमा चिनीको मात्रा धेरै हुने भएकाले मधुमेहका बिरामीलाई केही हानि गर्दछ ।

मधुमेहका बिरामीबाहेक सबैले उखुको रस दिनमा एकदेखि दुई गिलाससम्म सहजै पिउन र पचाउन सक्छन् । गर्भवती महिलाका लागि यो निकै फाइदाजनक छ । यसको सेवनले जन्डिसजस्तो घातक रोगबाट छुटकारा पाउन सकिन्छ । यसले शरीरमा पानीको कमीलाई पूरा गर्न सघाउनुका साथै शक्ति तथा ऊर्जा पनि प्रदान गर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 44 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रिन्टिङ मेसिन थन्किदा अन्तःशुल्क स्टिकर छपाइमा बिचौलियाको बोलवाला

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
६३८ पालिकाको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित)