कान्तिपुर कार्यालयबाट कैलाश सिरोहिया पक्राउ

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । एसएसपी सानुराम भट्टराईको नेतृत्वमा थापाथलीस्थित कान्तिपुरको कार्यालयमा पुगेको प्रहरीको टोलीले सिरोहियालाई पक्राउ गरेको हो ।

जिल्ला अदालत धनुषाको अनुमतिले सिरोहियाविरूद्ध धनुषा प्रहरीले आजै पक्राउ पूर्जी जारी गरेको थियो । सिरोहियाविरूद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो । सिरोहियाले गृहमन्त्री रवि लामिछानेले प्रतिशोध साँधेर आफुलाई पक्राउ गरेको बताउदै कान्तिपुर यसबाट बिचलित नहुने बताएका छन् ।

प्रहरीले सिरोहियालाई पक्राउ गरेपछि कान्तिपुर परिसरमा गृहमन्त्री रवि लामिछानेविरूद्ध नाराबाजी पनि भएको थियो। सिरोहियाले आफूमाथि कार्यकक्षबाटै पक्राउ गरिएको बताए । सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै जाहेरी परेको थियो।

पक्राउ अघि मंगलबार दिउँसो एक विज्ञप्ति जारी गर्दै सिरोहियाले कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न आफू एक जिम्मेवार नागरिकका रूपमा तयार रहेको जनाएका थिए ।

‘सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको हो, म आफैँ पनि जेल गएको हुँ । निरंकुश शाही शासनमा र लोकमान सिंह कार्कीसमेतका पालामा समाचार लेख्दा पनि कान्तिपुरमाथि यस्तै षड्यन्त्र भएको हो,’ विज्ञप्तिमा सिरोहियाले भनेका छन्, ‘तर, कान्तिपुर हरेक घडीमा निर्भिक रूपमा उभिँदै आएको छ ।’

सिरोहियाले आफू अहिले पनि व्यक्तिगत रूपमा हरेक मूल्य चुकाउन तयार रहेको प्रस्ट पारेका छन् । तर कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार नरहेको उनको भनाइ छ ।

‘समाचार प्रकाशन गरेकै आधारमा मिडिया सञ्चालकलाई गिरफ्तार गर्नु दाहाल सरकारको मूर्खता हो’
काठमाडौं । नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेल समाचार प्रकाशन गरेकै आधारमा गिरफ्तार गर्नु पुष्पकमल दाहाल सरकारको मूर्खता भएको बताउनु्भएको छ । उहाँले मिडियामाथिको आक्रमण सह्य नहुने पनि बताउनुभयो ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गर्न कान्तिपुर मुख्यालयमै प्रहरी पुगेपछि कँडेलले यस्तो प्रतिक्रिया दिनुभएको हो । उहाँले सत्ता र शक्तिको दुरुपयोग भएको पनि बताउनुभयो ।

तपाइको प्रतिक्रिया
(Visited 233 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भोजपुरको साल्पासिलिछो गाउँपालिकामा स्वतन्त्र उम्मेवार दौलथ कुलुङ विजयी