काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबीच पाँच वर्षको सम्झौता भएको छ । पोखरामा आयोजित कार्यक्रमकाबीच शैक्षिक परामर्शदाता कम्पनी ब्रिजले सन्दीपसँग पाँच वर्षको लागि सम्झौता नविकरण गरेको हो ।
यसअघि २०८१ सालको भदौमा ब्रिज इन्टरनेशनलले सन्दीपसँग दुई वर्षको लागि सम्झौता गरेको थियो । त्यो सम्झौताको केही समय बाँकी नै रहँदा नै ब्रिजले सन्दीपसँग सम्झौता नविकरण गर्दै थप पाँच वर्षको लागि सम्झौता गरेको हो ।
ब्रिज इन्टरनेशनलका सीईओ भुवन गिरी र सन्दीप लामिछानेले सम्झौता पत्रमा हस्ताक्षर गरे । ब्रिज इन्टरनेशनलका सिइओ भुवन गिरीले सम्झौता पाँच वर्षको भएको र नेपालको खेलकुद इतिहासमै एकै पटक यति लामो समयमको लागि सम्झौता भएको यो पहिलो पटक भएको बताए ।
गिरीले तल्लोतहबाटै क्रिकेट खेलको विकास गर्नुपर्छ भनेर आफूहरु लागेको भन्दै ‘राइजिङ एण्ड साइनिङ विथ एस २५’ कार्यक्रम समेत घोषणा गर्दै हरेक प्रदेशमा गएर प्रतिभावान खेलाडीहरुको खोजी गर्ने र कम्तीमा ५ खेलाडीलाई स्कलरसिप दिने योजना रहेको बताए ।
सन्दीपले दुई वर्षअघि आफू कठिन समयमा हुँदा ब्रिज इन्टरनेसनलले उठाउने काम गरेको भन्दै यो सम्झौता मात्र नभएर परिवार जस्तै भएको बताएका छन् ।
सम्बन्धित समाचार
सुत्केरी तथा गर्भवतीलाई पोषण सामग्री वितरण
चीनलाई १९ रनले पराजित गर्दै नेपालको विजयी सुरुवात
अभिक शाह र दानिसा पुरी बने जुनियर चेस च्याम्पियन
बाजुरा र हुम्लाको सीमाको अध्ययन गर्न समिति गठन
चेस विशेष साधारणसभाले अविश्वासको प्रस्ताव अस्वीकृत
राष्ट्रियसभाबाट दुई विधेयक स्वीकृत
यूएफसी छनोटमा फिलिपिन्सका प्रतिस्पर्धीलाई रवीन्द्र ढाँटले हराए
नेपाल एसियाली खेलकुद महिला क्रिकेट छनोटको सेमिफाइनलमा प्रवेश






