काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्स तथा दोस्रो खेल लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच हुनेछ ।
आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा विराटनगर र जनकपुर आमने-सामने हुनेछन् । अहिलेसम्म तीन खेल खेलेको विराटनगरले एकमा जित र दुई खेलमा हार बेहोरेको छ ।
चितवन र कर्णालीसँग हार बेहोरेको विराटनगरले सुदूरपश्चिमसँग भने जित निकालेको थियो । जनकपुरले तीन खेलमा दुईमा जित र एकमा हार बेहोरेको छ । जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो भने काठमाडौं र पोखराविरुद्ध जित निकालेको थियो ।
यसैगरी आज दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा लुम्बिनी र पोखरा भिड्ने छन् । लुम्बिनी लाइन्सले दुई खेल मध्ये एकमा जित निकालेको छ । सुदूरपश्चिमविरुद्धको पहिलो खेलमा लुम्बिनीले जित निकालेको थियो भने चितवनविरुद्धको दोस्रो खेल वर्षाका कारण खेल रद्द हुँदा बराबरी अंक बाँडेको थियो ।
पोखराले भने आफ्नो दुवै खेल हारेको छ । पोखरा आफ्नो पहिलो खेलमा सुदूरपश्चिम र दोस्रो खेलमा जनकपुर बोल्ट्सँग पराजित भएको थियो ।
सम्बन्धित समाचार
आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
पाकिस्तानका हुसेनले तलतले कर्णाली ‘याक्स’बाट एनपिएल खेल्ने
एनपीएलको नयाँ उडान: नेपाली क्रिकेटले खोजेको व्यावसायिक भविष्य
एनपीएल विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने
श्रीलंकाका परेराले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने
एनपीएलमा आज दुईवटा खेल
धनगढीका १६ खेल मैदानमा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गरिने
एनपिएलः सुदूरपश्चिम रोयल्सको जित





