पहिरो पीडित परिवारलाई राहत वितरण

बैतडी । बैतडीको सुर्नया गाउँपालिका वडा न. ५ का पहिरो पीडित ४ परिवारलाई राहत सामग्री प्रदान गरिएको छ । पहिरो पीडित बिरबहादुर मडै, दिनेश मडै, रामबहादुर मडै र धर्म मडैको परिवारलाई राहत सामग्री बितरण गरिएको गाउँपालिका उपाध्यक्ष लिला बिष्टले बताइन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बैतडीको सहयोगमा प्राप्त राहत सामग्री उपाध्यक्ष बिष्टले बितरण गरेकी हुन् ।

राहत सामग्रीमा कपडा, भाँडाकुडा, त्रिपाललगायतका सामग्री रहेका छन् । यसका साथै उपाध्यक्ष बिष्टले आफ्नो तर्फबाट राहत स्वरुप पिठो बितरण गरेकी छिन् । पिडित परिवारलाई गाउँपालिकाबाट राहत प्रदान गर्ने सम्बन्धमा भने आमागी कार्यपालिकाको बैठकमा छलफल हुने उपाध्यक्ष बिष्टले बताइन् । गतहप्ता अविरल बर्षासंगै पहिरो जाँदा सुर्नया ५ का ४ परिवार बिस्थापित भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 189 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अध्यक्ष ओलीको अँगालोमा सुहाङ !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुर मेयरमा रेनु दाहाल २३३८ मतले अगाडि