दुध निको ठण्डीका दिनको,गर्मिको दही निको ।
दशै पर्व,सबको पर्व,तिहार भाई बहिनीको ।।
फुलफुली, गाउँघरभरि, जकमगायो होला ।
बहिनी घर, भाई प्रदेश, यो मन कति रोला ।।
रिन लाग्यादेई,निन लागेन भाग्या साहुँका डरले ।
मेरा लागि आइनई चाड,बस्याकै छु करले ।।
ए, मेरी बहिना, कार्तिकका महिना,माला उईनी नरोई दिएइ ।
म आउन पाईन, अहिलेका बर्ष ।।
दैलेख । माथि उल्लेखित देउडागितका हरफ दैलेख दुल्लू नगरपालिका ५ रनुखानाका तेजबहादुर हमालले २०५१ सालमा यो गीत रेर्कड गराए । तीन दर्शक वितिसक्दा पनि गीतले आम नेपालीको मनमुटु मानस्पटलमा हैकम जमाएकै छ । सुदुरपश्चिम र कर्णाली प्रदेशमा गाउने देउडा गीत भएकाले सबै भन्दा बढी दुई प्रदेशका मानिसले धितमरुन्जेल सुन्ने पनि गर्छन । दशै पर्व आमनागरिकको पर्व भएपनि यो तिहारपर्व भाई बहिनीको भएकाले अधिकाँश दिदी बहिनी वा दाजु भाई हुनेले यो गीत वढी सुन्ने गरेको देउडा गीतका रचनाकार हमाल बताउँछन् । हमाल भन्छन, परिवेश,ठाउँ र पिडाले साहित्कार जन्माउँदो रहेछ । म त्यसैको एक विउ हौं । मैले पनि धेरै साहित्कार जन्माएको छु । मौलिकता,समाजको यर्थात चित्रणको लागि आफुले यो गीत लेखेको र गायको हौं । मर्म भाव,मौलिकतामा समेटको यो गीत सास्कृतिक सँगै रहने गायकले विश्वास लिएका छन् ।
गीतले भन्छन,‘गाउँघरमा ऋण लागेपछि भाई मुग्लान जान्छन् । दशैपर्व आउँछ । अनि तिहार । साहुँको ऋणको डरले परदेशिएका दाजु भाई घर आउन दिन्न । रहर नभएर बाध्यता पराईदेशमा वनाएको अर्कोबर्ष आउने दिदी बहिनीलाई बचन दिएको छ ।
भाइ टिकाको माया धर्म,मनउनो छ, मेरा ।
अर्को साल फर्कि आउँला,आफनाई घर कटेरा ।।
घर आउ भने साहुँको ऋण लागेको छ डर छ,परदेशी वन्न रहर नभएर बाध्यता भएको गीतले बोल्छ । उसो गायक मजदुरीका लागि परदेश नगएपनि साथी भाईहरु गएको तिहार पर्वमा गाउँ नफर्किदा दिदी बहिनी मनाउने दुःख मर्मलाई समेटिएर लेखेको बताउँछन् । गीत मौलिकता भएकोले अमर रहोस भन्नका लागि लेखिएको हमालको भनाई छ ।
२०४४ सालमा एसएलसीपछि ठाटीकाँध गाउँपालिका श्रीकृष्ण मावि अध्यापन शुरु गरेका हमालिे थुप्रै गीत लेखेर र स्वरपनि दिएका छन् । २०४९गायक हमालले पहिलो पटक कुरुरु वोलको देउडा गीत रेर्कड गराएका थिए । सानै देखि वालसाहित्यमा रुचि भएकाले देउडा गीतबाटै जिल्लाको वर्णन गरेर विकास नभएको आमस्रोतालाई माझ पस्केका थिए ।
पहिलो गीतको हरफ :
जसातसा घरवार भन्ना, कुरुरु,भयाँन,गोठ निका, ।
लायाका दुरवचन भन्दा कुरुरु,हान्याका चोट निका ।।
दैलेखीको दाईजो भैगो,कुरुरु,डोको भर वरियो ।
पश्चिम नेपाल जन्म पाईकँ कुरुरु हेलाकै परियो ।।
यी गीतका देउडा गीतको हरफले दुर्गमा विकास हुन नसकेको चित्रण गर्छन । जसले गर्दा दैलेख जिल्लाको परिवेश,भेषभुषा,मौलिकतालाई देखाउँछन । पुरुष पराईदेश,महिलालाई डोको र वरियोमै (रसी) जीवन विताईरहेको गीतको हरफले बोलेको छ ।
दशैं सकिएपछि अर्कोपर्वको रुपमा नेपालीले भाईटिकालाई धुमधाम सँग मनाउने गर्छन । दिदी बहिनी र दाजुभाई विनको तिहार पर्व खल्लो मानिन्छ । गाउँघरमा सयपत्री फुलेको देख्दा दाजुभाई र दिदी बहिनीको अभाव भएकालाई नमिठो बनाईदिन्छ । आफनै दाजु भाई दिदी बहिनी नभएपनि नेपालमा टिकाटालो लगाएर बहिनी वा भाई मान्ने चलन र हाम्रो सांस्कृतिक परम्पराले अभावको महसुस हुन दिदैन ।
तिहार पर्व सम्झाउने सिस्नेटारका सयपत्री फुल
तलतिर आफनै लयसुर तालमा बगेको लोहोरे खोला । वरिपरि अग्ला पहाड । लोहोरे खोलाकै किनारामा ढकमक्क फुलको सयपत्री फुल । प्राकृतिले दिएको वनजंगल,लोहोर खोलाको कञ्चन पानीसँगै सयपत्री फुलको वगैचाले सुन्दरता थपिदिएको डुगेश्वर गाउँपालिका –६ सिस्नेटारको ।
माथिल्लो डुगेश्वर बजादेखी ३ सय मिटर अगाडी छ, सिस्नेटार । जुन ठाउँमा उन्नति कृषि फर्मले व्यवसायी तरकारीले खेती गरेर मनग्य आम्दानी गर्छन,देवेन्द्र गोदार । तीनै गोदारले अघिल्लो बर्षदेखी पुष्प व्यवसायलाई थप गरेर आम्दानी बढाउने गरेका छन् ।
गोदार तरकारी कृषक मात्र नभई फूल खेतीमा समेत जमेका देखेर दैलेख सुर्खेत आवतजावत गर्ने यात्री तारिफ गर्ने गरेका छन् । बजारमा सवारी साधन रोकेर चिया पिउदा पनि गोदारको तरकारीखेती सयपत्री फुलको कुरा चल्ने गर्छ । फूलहरुको पर्वको रुपमा पनि लिइने तिहार नजिकिदै जाँदा बाटो छेउमै फूलको सयपत्री फूलको बगैंचाले छुट्टै आकर्षण सँगै आन्नद पनि दिएको छ । यात्रा गर्ने अधिकाँश यात्री सवारी साधन रोकेर सयपत्रीफुलको बगैचामा गएर फोटो खिच्छन् । टिकटक बनाउँछन् । अधिकाँश यात्रीले सफलताको अनुभव लिने गरेका छन् भने केहीले ज्ञान कुरा पनि सिकाएर जान्छ, गोदारले भने ।
जिल्लाका अन्य ठाउँमा फुलखेती गरिएको छैन । गोदार एक्ला पुष्प व्यावसायी हुन् । सिस्नेटार पुगेपछि तिहार आएको महशुस हुन्छ । जिल्लामा कतै व्यवसायी नहुँदा त्यति तिहारपर्वको रौनक छन जस्तो लाग्यो तर सिस्नेटार पुग्दा भोली नै आईहाल्योकी भन्ने जस्तो लाग्ने दैलेख दैलेख चामुण्डाका निरकबहादुर शाहीले बताए । दैलेख सडकखण्डमा सिस्नेटार भएकाले एउटा प्रेरणास्रोत बनेको छ । सदरमुकाम आउने यात्रीले सिस्नेटारका सयपत्री तिहारपर्वलाई सम्झाउदैन,स्वागत पनि गरेको भान हुन्छ उनले भने ।
चारदशक अघि सिस्नेटार भएर पैदल यात्रा गरेका दैलेखका अधिकारकर्मी अमर सुनार भन्छन,गोदार कहिले तरकारीबाट त कहिले सयपत्री फुल फुलाएर लोहोरे खोलाको बन्झर वगरलाई सुन्दर बनाई आम्दानी बढाउनु भएको छ । गोदार दैलेखका लागि एउटा प्रेरणाको स्रोत हुन । “बलौटे र चट्टानले भरिएको बगर यति उर्वर होला भन्ने सोचेको पनि थिएन, फूल खेतीले थप आशा जगाएको सुनारको भनाई छ ।.
दैलेख–सुर्खेत यात्रा गर्ने यात्रु मात्र हैन, आसपास गाउँका स्थानीयहरु पनि फूलको बगैचा हेर्न, फोटो खिच्न, टिकटक, रिल बनाउनकै भिड लाग्नेगर्छ । खाली बगरको बलौटे माटोमा पनि सुन्दर सयपत्रीले ढकमक्क फुलेको दृश्य हेर्न सिस्नेटार पुगेका भैरवी गाउँपालिका –७ का उद्यमी रामकृष्ण कठायतले दृश्य लोभलाग्दो भएको बताए । एक त प्राकृतिकले वातावरण सुन्दर बनाएको थियो । त्यसैमा गोदारजीले सयपत्री फुल लगाएर सुन्दरता थपिदिनु भएको छ । हामीले उहाँबाट,धेरै सिक्नुपर्ने मिहिनेतलाई गाउँ पुगाउनुपर्छ । उहाँ एउटा सफल व्यवसायिक हो ।
माग बढदै, तिहार नजिकिँदै
आर्थिक बर्ष ०८०।०८१ मा २ रोपनीमा क्षेत्रफलमा सयपत्री फुलको खेती गरेका गोदारले चालु आर्थिक बर्षमा चार रोपनी जमिनमा फुलको खेतीको गरेका छन् । गत वर्ष मौसम र पर्वको ख्याल नगर्दा सोचे जस्तो आम्दानी हुन सकेन यो बर्ष सबै कुरा मिल्दै गएकोले गतवर्षभन्दा दोब्बर आम्दानी हुनेमा आशावादीको देवेन्द्रले जानकारी दिए । गत वर्ष करिव ५० हजार बराबरको लागतमा २ रोपनी क्षेत्रफलमा खेती गरेका थिए ।
“गत वर्ष व्यवसाय कसरी गर्ने ? कस्तो फूल लगाउने ? कुन समयमा बीउ राख्ने भन्ने ’boutमा थाहा थिएन । अहिले बीउदेखि सबै अनुकुल भएको छ । डेढदेखि दुई लाख रुपियाँसम्म आम्दानी हुन्छ होला ।” डुङ्ङ्गेश्वर बजार, चुप्राबजार, दैलेख, दुल्लु, सुर्खेतलगायत सडक सञ्जालको पहुँच भएकाले होम डेलिभरी गर्न सकिने उनको भनाई छ ।
दैलेखमा फूल खेती अर्थात पुस्प व्यवसायको सम्भावना राम्रो देखिएपनि गोदार वाहेक अन्यले पुस्प व्यवसाय गरेका छैनन् । सचेत मानिने जिल्ला सदरमुकाममा समेत प्लास्टिक मालाले बजार सजिएको छ । प्लास्टिकको माला नेपाल सरकारले वन्देज गरेर कार्यान्वयन हुन सकिरहेको छैन । धार्मिक तथा सांस्कृतिक परम्पराहरुले भरिपूर्ण जिल्ला भएकाले पनि बजारमा माग उत्तिकै छ ।