बिराटनगर । झापामा सालनाल सहितको नवजात शिशु भेटिएको छ। झापाको मेचीनगर नगरपालिका – १० स्थित निन्दा खोला नजिकै घाँरीमा सालनाल सहितको नवजात शिशु (छोरी) जिवितै भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी तथा प्रहरी प्रवक्ता कृष्ण कुमार चन्दले जानकारी दिए
डीएसपी तथा प्रहरी प्रवक्ता चन्दका अनुसार बिहिबार बिहान ६:३० बजेको समयमा कमिलाले टोकी रहेको अवस्थामा मेचीनगर – ११ बस्ने ३७ बर्षकी इन्दिरा प्रसाई(बस्नेत) ले मर्निङ्ग वाक गर्ने क्रममा नवजात शिशु फेला पारेकी थिइन्।अधिकारीले तत्काल शिशुलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा ल्याई प्रहरीको बजे जिम्मा लगाएकी थिईन्।
शिशुको अवस्था सामान्य रहेको र मेचीनगर नगरपालिका वडा नं १० कार्यालयसँग समन्वय गरी वडा कार्यालयलाई जिम्मा बुझाइएको प्रवक्ता चन्दले बताए। नवजात शिशु फाल्ने आमाको खोजीकार्य तीव्र पारीएको प्रहरीले जनाएको छ।